अशोक पहाडी, चन्द्रपुर,२२ चैत ।
नेपाली कांग्रेस चन्द्रपुर १ वडा समितिले वडा अध्यक्षमा बलराम राउतको एकल नाम शिफारिस गरेको छ । यो संगै राउतको वडा अध्यक्षको टिकट पक्का भएको छ । नेपाली काग्रेसका वडा समितिले वडा अध्यक्षका २१ जना सम्म आकांक्षीको नाम शिफारिस गरेको बेला १ नम्बर वडा समितिले भने बिवाद रहित तरिकाले राउतको मात्र नाम शिफारिस गरेको हो । नेपाली सेनाको अवकाश प्राप्त अधिकृत राउत सेनाको जागिर छाडेसंगै गाउको सेवामा तल्लीन रहेका थिए । आईए सम्मको अध्यान गरेका ४७ बर्षिय राउत चन्द्रपुर १ मा समाजसेवीका रुपमा परिचित व्यक्ति हुन । कोरोना महामारीका बेला राउतले स्थानयिलाई नगद देखी खाद्ययान्न सहयोग गरेर चर्चामा आएका थिए । उनले समाजमा प्रभावपर्ने काम गरेकाले उनलाई केही समय पहिला नेपाली कांग्रेसका नेता तथा संघिय सांसद देव प्रसाद तिमलसिनाले नेपाली कांग्रेसमा भित्राएका थिए । सेनाको नोकरी पछि व्यावसायीक जिवन सुरु गरेका राउतले आफुले काम गरेर कमाएको पैसा स्थानीय दिनदुखीका लागि समेत खर्च गर्दै आएका छन् । नेकपा एमाले ,माओवादी ,नेकपा एसले वडा अध्यक्षको उम्मेदवार दिन नसकेका बेला राउतलाई नेपाली कांग्रेस १ नम्बर वडा समितिले एकल नाम शिफारिस गरेपछि अहिले कांग्रेस बृतमा मात्र नभएर अन्य दलमा समेत राउतको चर्चा चुलिएको छ । राउतको एकल नाम शिफारिस भएपछि अहिले वडानं १ मा राउतको व्यस्तता बढेको छ ।
उनी यतीबेला चुनावी अभियानमा लागेको र जित पनि उनकै हुने नेपाली कांग्रेसका पुराना नेता तथा स्थानीय बासिन्दा श्रीराम न्यौपानेको भनाइ रहेको छ । २०७८ चैत २२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here