पर्सा,२२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब ६० वर्षदेखि मधेशको बासिन्दालाई केहि स्वार्थीहरुले मधेश बिरोधीको रुपमा हल्ला फिजाएको बताएका छन । उनले मधेशको विकासका लागि सँधै गम्भीर रहेको आफूलाई मधेस विरोधीको आरोप लगाउदैमा केही फरक नपर्ने बताए । मंगलबार वीरगन्जमा आयोजित वृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा बोल्दै व्यक्तिगत लाभका केपी ओली मधेश बिरोधी हो भनेर हल्ला चलाइएको बताए । उनले भैसीको पिठ्युमा कसरी बसिन्छ मलाई थाहा छ, खोलाबाट पैनी खनेर कसरी खेतमा पुर्याउनुपर्छ मलाई थाहा छ, हवाईमैदान बनाउने हुलाकी राजमार्ग बनाउने खानेपानीका ओभरहेड टयाकी, सबै ठांउमा इन्टरनेट पुर्याउने केपी ओली अनि ओलीलाई मधेश बिरोधी भन्ने ? एमालेको सरकार रहेको समयमा मधेशको ढल्केबर जनकपुर सडक बनाए, तराईका खेतमा सिंचाइ गर्ने मरिन सुनकोशी डाइभर्सन योजना सुरू गरेको र काम भईरहेको बताए । म ढल्केबाट साढे २ घण्टामा जनकपुर पुगेको थिए ,उनले भने,ओली मधेश विरोधी भन्नेहरुले मैले यस्तो बाटो बनाई दिए अहिले २० मिनेटमा पुग्ने अवस्था बन्यो । उनले भने, एक्लै एमालेसंग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।
ओलीले , हजारौ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसंगै एक्लै लड्न सकिदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने । यस्तै, अध्यक्ष ओलीले केही स्वार्थी व्यक्तिले आफू मधेशविरोधी रहेको हल्ला चलाएको बताए । केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले, उनले भने म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here