चन्द्रपुर, २४ चैत । स्थानीय तहको चुनाव नजिकिए संगै चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक-चोकमा चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेका युवा नेता बालकृष्ण सापकोटाको नाम अहिले चन्द्रपुर नगर क्षेत्रमा चर्चामा रहको छ । बौद्धिक र क्षमतावान युवा नेता सापकोटा चन्द्रपुरमा बिकासप्रमी नेताका रुपमा परिचित छन । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि कार्यकर्ता माझ लोकप्रिय रहेका छन । विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।
उदयमान नेता सापकोटा निवर्तमान शहरी विकास मंत्री प्रभु साहको स्वकीय सचिव हुन । आउदो स्थानिय निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सापकोटाले आफ्नो उमेदवारी दाबी गरेका छन । नेकपा एमाले पार्टीको तर्फबाट आफू सबैभन्दा बलियो उम्मेदवार रहेको नेता सापकोटाको दाबी रहेको छ । चन्द्रपुरको विकाशमा आफ्नो छुट्टै पहिचान बनाएका सापकोटाले नगरपालिकाको विभिन्न ठाउँमा मन्त्रालय मार्फत योजना ल्याएर काम गरेका छन । स्थानीय सरकार भनेको विकास,समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले चन्द्रपुर आफ्नो अबश्यक्ता महसुस गरेर उमेद्वारी दाबी गरेको उनले बताए । चन्द्रपुर नगर क्षेत्रमा अरु नेताको भन्दा धेरै विकास बजेट ल्याएर काम गरेको युवा नेता सापकोटाको दाबी रहेको छ ।
सापकोटा चन्द्रपुर नगर क्षेत्रमा संघीय सरकारबाट बजेट ल्याएर सडक मठमन्दिर र पर्यटन जस्ता क्षेत्रमा भौतिक निर्माण गर्ने अब्बल नेताका रुपमा परिचित छन । बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गरेका उनको माओवादी जनयुद्दमा पनि विशेष योगदान रहेको छ । सापकोटा सहिद परिवारका सदस्य हुन । माओवादी जनयुद्दमा सापकोटाको परिवारबाट दुईजना बेपता भएका थिए । एमाले पार्टीभित्र चन्द्रपुर नगरपालिकामा मेयर पदका आकांक्षीहरु मध्य बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेका सापकोटाको दाबि रहेको छ ।
देशभर अहिले परिवर्तनको लहर चलेको छ, हरेक क्षेत्रमा युवाको आकर्षण बढ्दो छ नेतृत्वमा समेत युवाहरुलाई तमाम कार्यकर्ताले रुचाएका कारण अब नेतृत्व लिने पालो युवाका आएको सापकोटाको भनाई रहेको छ । मन्त्रीको स्वकीय सचिव भएर समेत अनुभव प्राप्त गरिसकेका सापकोटाको संघीय सरकारका मन्त्रालयहरुमा पहुँच रहेकाले चन्द्रपुरमा विकास योजनाहरु पार्न सहज हुने उनका समर्थकको आकंलन रहेको छ । चन्द्रपुर नगर क्षेत्रका बौद्धिक वर्गहरु पनि केन्द्रीय नेतृत्वसँग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here