चन्द्रपुर,२५ चैत्र । नेकपा माओबादीको १० बर्षे शसस्त्र जनयुद्ध लडेका माओबादी नेता एमालेमा प्रवेश गरेका छन । भुमिगत समयमा नै बिभिन्न जिम्मेबारी सम्हालिसकेका चन्द्रपुर नगरपालिका वाड नं. २ हिलेखोला निवासी गोपाल जिम्बा शुक्रबार बिधिबत रुपमा नेकपा एमालेमा प्रवेश गरेका हुन । देश बनाउने अभियानमा १० बर्ष शसस्त्र युद्ध लडियो तर अहिले आएर युद्ध नलडेकाहरुको पार्टीमा हालीमुहाली भएकोे जिम्बाको भनाइ रहेको छ । अब देश बनाउने अभियान नेकपा एमालेले मात्रै बोकेको देखेर एमाले प्रवेश गरेको जिम्बाले बताए । नेकपा माओबादीले जुन उदेश्य बोकेर जनयुद्ध गरेको थियो त्यो उदेश्य बिर्सिसकेको समेत उनको दाबी छ । जिम्बाले जनयुद्धकालमा जुडिबेला तथा चन्द्रनिगाहपुरको जन सरकार प्रमुखको थिए । उनिले जुडिबेला तत्कालीन उच्च माबिका संस्थापक अध्यक्ष,महादेब स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको भुमिका निर्वाह गरिसकेका छन ।
नेकपा माओबादीको जिल्ला सदस्य समेत भइसकेका जिम्बा लगायत हिलेखोला टोलका ५० जना बढीले एमालेमा प्रवेश गरेका छन । हिलेखोला कुण्डडाँडा खरियण टोलमा नेकपा एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ५० जना बढी एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले अबको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका छन । कार्यक्रममा मधेश प्रदेश कमिटिका उप सचिव आरती भण्डारी, जिल्ला कमिटिका सचिव बाल बिक्रम कार्की र नगर कमिटिका अध्यक्ष शिव आचार्य लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा भीम भक्त स्याङतानको अध्यक्षतामा २१ सदस्य नेकपा एमाले हिलेखोला टोल कमिटि समेत गठन गरेको नेकपा एमाले चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड कमिटि अध्यक्ष शम्भु खडकाले जानकारी दिए ।