कटहरिया,२६ चैत ।
पुर्व मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुसार धन्सार जंगलसहिया सडकखण्डमा कालोपत्रे निर्माणको काम सुरु भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता साहको पहलमा पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत रौतहट स्थित धन्सार चौक देखि जंगलसहिया सडकखण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको हो । कालोपत्रे गर्न डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले कुल २५ करोड रुपैयाको टेण्डर आव्हान गर्दा बन्दन भगवती प्रथम जेविले घटाघटमा साकार गरेको हो ।
धन्सार जंगलसहिया सडकखण्ड अन्तर्गत ९ किलोमिटर २०० सय मिटर लामो अक्सफाल्ट प्रविधिको कालोपत्रे गर्न भगवती जेविले घटाघट प्रक्रियाले कुल ११ करोड ९ लाख रुपैयामा ठेक्का साकार गरेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा साहले बताएका छन । कालोपत्रे गर्न पहिलो चरणमा हाल बाटो ग्रेडिङको काम भैरहेको छ ।उक्त बाटोको निर्माण अवधी एकबर्ष रहेको प्रमुख साहले जानकारी दिएका छन ।
गुजरा नगरपालिकाका बासिन्दाको बिशेष अनुरोधमा पुर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको सक्रियताले धन्सार जंगलसहिया सडकखण्डमा कालोपत्रे निर्माण सुरु भएको मेयर प्रत्याशी पलट चौधरीले बताएका छन । यस अघि उनी सहरी विकास मन्त्री हुंदा उक्त सडकखण्डमा कालोपत्रे निर्माण गर्न २५ करोड रुपैया बिनियोजन गरेको चौधरीले जानकारी दिएका छन ।
गत निर्वाचनमा नेता साहले रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तर्गत सबै स्थानीयतह लाई हाईवे संग जोड्ने प्रतिबद्धता गरेका थिए ।
सोही प्रतिबद्धता अनुसार गुजरा नगरपालिका अन्तर्गत धन्सार जंगलसहिया,जंगलसहिया दुधिअवा सडकमा कालोपत्रे भैरहेको छ। यस अघि बालचनपुर जंगलसहिया,डुमरिया खतवहिया परसवा खण्डमा कालोपत्रे निर्माण भएको एमाले केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सांसद कुन्दन कुश्वाहाले बताएका छन ।
नेता प्रभु साहको पहलमा गरुडा कटहरिया,सन्तपुर मलाही ,कटहरिया देवाही घाट,बालुवा गोनाही,कटहरिया जमुनिया,बरगिनिया गमहरिया,मौलापुर शुकदेव चौक लगायत दर्जनौं स्थानमा कालोपत्रे निर्माण भएको कुश्वाहाले जानकारी दिएका छन ।
धन्सार जंगलसहिया सडकखण्डमा कालोपत्रे निर्माण पछि गुजरा,कटहरिया,फतुवा बिजयपुर,लगायतको स्थानीय तहका हजारौं मानिसलाई बिरगंज काठमाडौ जान आउन सहज हुनेछ ।
काठमाडौ बिरगंज लगायत देशको विभिन्न ठुला सहरहरूमा यातायात संचालन भएपछि सो क्षेत्रको विकासमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ । २०७८ चैत २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here