रौतहट,२६ चैत । मधेश प्रदेशको जिल्लाहरुमा ट्राफिक प्रमुख फेरिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञान बहादुर माझीको सरुवा भएको छ । उनको ठाउमा अनिल कुमार उप्रेती आउने भएकाछन्
प्रहरी प्रधान कार्यालयले एकै पटक ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरेकोमा मधेश प्रदेशका ट्राफिक प्रमुखहरु पनि फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनुषामा अब चन्द्रभुषण यादव नया ट्राफिक प्रमुखको रुपमा आएका छन् । यादव यस अघि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा अपराध नियन्त्रण शाखामा थिए ।
त्यस्तै सर्लाहीमा ईश्वर कार्की आएका हुन् । उनी यस अघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी ईन्टेलिजेन्स महाशाखा सुचना वितरण शाखा, काठमाडौंमा थिए ।सप्तरीमा भने कमल जंग थापा आएका हुन् । उनी यस अघि महानगरीय प्रहरी वृत सिंहदरबार, काठमाडौं अपराध नियन्त्रण शाखामा थिए । महोत्तरीमा किसन चन्द ठकुरी आएका हुन् । उनी ईलाका प्रहरी कार्यालय आदर्श डोटीमा यस अघि थिए । सिरहामा टुपेन्द्र श्रेष्ठ आएका हुन् । उनी यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल, काठमाडौंमा थिए ।पर्सामा ध्रुव प्रसाद दाहाल आएका हुन् । उनी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल, काठमाडौंमा थिए ।
बारामा सुदर्शन थापा आएका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकमा कार्यरत्त रहेका थिए ।२०७८ चैत २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here