चन्द्रपुर,२७ चैत ।
नेकपा माओवादी केन्द्रबाट चन्द्रपुर ९ का वडा अध्यक्षका बलिया आकांक्षी प्रकाश चौलागाँईले जनतासंगको भेटघाट र छलफललाई तिव्रता दिएका छन् । चन्द्रपुर नगरपालिका वडा नं. ९ मा माओवादी केन्द्रबाट युवा नेता चौलागांई वडा अध्यक्ष पदमा उमेदवारी दिने तयारीमा रहेका छन । स्थानीय तहको चुनाव नजिकिए संगै चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ९ मा चौलागाईकोे नाम चर्चामा रहको छ ।
युवा नेता चौलागाई चन्द्रपुरमा बिकासप्रमी नेताका रुपमा परिचित छन । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि आफनो क्षेत्रको कार्यकर्ता माझ लोकप्रिय रहेका छन । उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । चौलागाँई माओवादी केन्दका लोकप्रिय नेता हुन । २०५४ सालमा माओवादीको जनसरकारको जिल्ला सदस्यबाट राजनीति शुरुवात गरेका चौलागाँईले २०५६ सालमा पार्टी पिएम लिएको थिए । चन्द्रपुर ९ का बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय उनि वडा अध्यक्षको बलियो दावेदार उम्मेदवारको रुपमा रहेका छन । योगदानको कदर गर्दै पार्टीले वडा अध्यक्षको टिकट उनलाई नै दिने चौलागाईको विश्वास रहेको छ ।
अहोरात्र जनताको सेवामा खटेको, जनताको सेवामा सधै लागेको कारण मतदाताले उनलाई नै जिताउने चौलागाईको दाबी रहेको छ । चौलागाँई अन्य नेताहरूको तुलनामा लोकप्रिय देखिन्छन् । उनीलाई स्थानीयले हक्की स्वभाव र स्वच्च छविका मान्दछन । चन्द्रपुर ९ को विकाशमा आफ्नो छुट्टै पहिचान बनाएका चौलागाईले चन्द्रपुर ९ को विभिन्न ठाउ“मा मन्त्रालय मार्फत योजना ल्याएर काम गरेका छन । स्थानीय सरकार भनेको विकास,समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले वडामा आफ्नो अबश्यक्ता महसुस गरेर उमेद्वारी दाबी गरेको उनले बताए ।
स्थानिय निवाचनमा सो वडामा अध्यक्षका आकांक्षीहरु मध्य बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेका चौलागाँईको दाबि रहेको छ । २०७८ चैत २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here