राजपुर,२७ चैत ।
रौतहटको राजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट डाक्टर राजीक आलमको चर्चा चुलिएको छ । उनले राजपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको टिकट पांउने पक्का भएपछि सो नगरपालिकाका बहालवाला मेयर सकिल अख्तर नेकपा एमालेमा प्रवेस गरेका छन् ।
२८ बर्षिय आलमले भारतको पटनाबाट छात्रबृतीमा एमविविएस गरेकाछन् । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मोहमद आफ्ताव आलमका कान्छा छोरा राजीकलाई राजपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयरको टिकट दिने पक्का भएपछि उनको दैनिकी व्यस्तता बढेको छ ।
केही दिनदेखी आफु नगरमा कांग्रेसको संगठन बिस्तरमा व्यस्त रहेको बताउने आलमले आफुलेनै राजपुर नगरपालिकामा चुनाव जितेर देखाउने बताउदै आएकाछन् ।
राजपुर बम काण्डको आरोप लागेपछि उनका बुबा आफ्ताव आलम पुर्पक्षका लागि जेलमा छन् । उनी यतीबेला आफ्नो नगरमा बाबुको अभावलाई पुर्ति गर्ने अभियान लागेकाछन् । पढेलेखेका मन्छेहरु राजनितिबाट पलायन भईरहेको अवस्थामा डाक्टर आलम भने यतीबेला राजनितिबाटै समाज परिवर्तन र विकासका लागि आफु चुनावी मैदानमा होमिएको बताउने गरेकाछन् । आफु यतीबेला काग्रेसको राजनितिमा सक्रिय भएको र राजपुर नगरको समग्र विकासका लागि आफुले जित्नुपर्ने भन्दै उनी गाउ गाउमा नेपाली कांग्रेसको टोल समिति विस्तारमा सक्रिय रहदै आएकाछन् ।
डाक्टर र त्यस भन्दा रौतहट जिल्लामै कान्छा मेयरको उम्मेदवारका रुपमा डाक्टर राजिक आलमको चर्चा रौतहटमा बढदै जान थालेको छ ।
राजपुर नगरपालिकाका वर्तमान मेयरले केही दिन पहिला एमाले अध्यक्षका हातबाट टिका लगाएर कांग्रेस पार्टी छाडेका छन् भने डाक्टर राजपुर नगरपालिकाका पुराना एमाले नेता कार्यकर्ता कांग्रेसमा भित्राउन लागि परेकाछन् । २०७८ चैत २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here