गुजरा,२८ चैत ।
रौतहटको गुजरा नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसंग भुक्तानी दिनु पहिलानै घुस लिने गरेको रहस्य बाहिर आएको छ ।
आईतबार समाजिक संजालमा सो नगरपालिकाका कर्मचारीले घुस लिएको र बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको थियो ।
सो नगरपालिकाका कर्मचारीले घुस वापतको रकम चेकबाट लिने गरेको पाईन्छ । भिडियोमा एकजना कर्मचारीले उपभोक्ता समितिसंग नाम नलेखी रकम मात्र तोकेर सहि गरेर चेक लिएको भिडियो बाहिर आएपछि अहिले बजारमा बिभिन्न टिका टिप्पणी भइरहेको छ ।
गुजरा नगरपालिकाका ओभर सियर राकेश यादवले उपभोक्त समितिसंग नगरपालिकाले चेक बनाउनु पहिलानै आफ्नो कमिशन वापतको रकमको चेक लिएको भिडियो बाहिर आएपछि अहिले सो नगरपालिकामा खैलाबैला मच्चिएको कर्मचारीहरुले बताएका छन् । रौतहटका स्थानीय तहमा उपभोक्ता समितिले काम गरेको पैसा लिनु पहिला कर्मचारीलाई घुस वापतको रकम दिनुपर्ने बाध्यता रहेको छ । जनप्रतिनिधिको समय सकिनै लाग्दा जिल्लाका स्थानीय तहमा व्यापक रुपमा आर्थिक अनियमिता हुने गरेको गुनासो बढदै जान थालेको छ । गुजरा नगरपालिकाको सो भिडियोको बिषयमा नगर प्रमुख शन्तलाल चौधर िसंग बुझन खोज्दा उनीसंग सम्पर्क हुन सकेन् । भिडियो बाहिर आएपछि सो नगरपालिकाका कर्मचारी बिच आरोप प्रत्यारोप सुरु भएको छ । २०७८ चैत २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।