अशोक पहाडी
चन्द्रपुर,२८ चैत ।
चन्द्रपुर नगरपालिका वडानं १ को वडाअध्यक्षमा दाजुभाईकै भिडन्त हुने भएको छ । नेपाली कांग्रेस चन्द्रपुर १ को वडा समितिले बलराम राउतको एकल नाम नगर समितिमा पठाएपछि माओवादीले पनि सोही वडाको वडा अध्यक्षमा उनकै भाई गणेश राउतको नाम वडा अध्यक्षमा शिफारिसको छ ।
सो वडामा नेकपा एमालेले चन्द्रबहादुर लामिछानेको एकल नाम शिफारिस गरेको छ । नेकपा एसबाट सो वडामा हालका वडाअध्यक्ष बिरु रखालनै उम्मेदवार रहेको सो पार्टी स्रोतले बताएको छ । चन्द्रपुर १ मा राउत दाजु भाई ,लामिछाने र रखालको भिडन्त हुने भएको छ ।
चन्द्रपुर ३ मा नेकपा एमाले ले लालबहादुर दोङको एकल नाम शिफारिस गरेर नगर कमिटिमा पठाएको छ । सो वडामा माओवादीले पनि हालका वडा अध्यक्ष बोधनाथ देवकोटाको नाम शिफार गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा दोङ देवकोटासंग १७ भोटले पराजित भएका थिए । माओवादीले ३ नम्बर वडाबाट वडा अध्यक्ष सहित पांच जनाको नाम शिफारिस गरेर पठाएको छ । सो वडामा सदस्यहरुको समेत टुंगो लागि सकेको माओवादीका नगर अध्यक्ष टिका आचार्यले जानकारी दिएकाछन् ।
नेकपा एमालेको १० नम्बर वडा कमिटिले ३ जनाको नाम नगर कमिटिमा पठाएको छ । सो वडाले टंकेश्वर चौधरी ,रामशिहासन यादव र रामआषिश साहको नाम नगर कमिटिमा पठाएको नेकपा एमाले चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन् ।
नेकपा एमाले चन्द्रपुरका अन्य वडाको बैठकले उम्मेदवारको निर्णय गरेर पठाउन बांकी रहेको तिवारीले बताए ।
यता नेपाली कांग्रेसको चन्द्रपुर १ मा मात्र वडा समितिले सिंगल नाम पठाएको र अन्य वडामा आकांक्षी धेरै रहेको नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । २०७८ चैत २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here