चन्द्रपुर,३० चैत ।
रौतहट सहित मधेस प्रदेशमा सत्ता गठबन्धनले चुनावी तालमेलका लागि छलफल तीव्र पारेको छ । चुनावी तालमेलको सैद्धान्तिक सहमति गरेका गठबन्धन सम्बद्ध पांच दलबीच उक्ति सहमति कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रदेश प्रतिनिधि खटाइने भएको छ । मधेस प्रदेशका ८ जिल्लामै चुनावी तालमेलेको सैद्धान्तिक सहमति भएको रिपोर्ट हामीलाई प्राप्त भएको छ, प्रदेश स्तरीय गठबन्धनको संयन्त्रका संयोजक कृष्ण यादवले भने, त्यसको कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रदेश प्रतिनिधि परिचालन गर्दै छौ ।
प्रदेशले खटाएका प्रतिनिधिले वैशाख ३ र ४ गतेसम्म गठबन्धन दलबीच समन्वय गरेर जिल्लाको वस्तुगत रिपोर्ट बुझाएपछि सैद्धान्तिक सहमति कार्यान्वयनमा जाने यादवले तराई एक्सप्रेसलाई बताए ।
काग्रेस प्रदेश सभापति समेत रहेका उनले भने, केन्द्रको पांच दलीय गठबन्धनको नीति अनुसार हामी चुनावी तालमेलका तीव्र छलफलमा छौ । ३ र ४ गते दुई चरणमा ४–४ जिल्लाको रिपोर्टमाथि छलफल हुन्छ । मधेस प्रदेशमा चुनावी तालमेलका लागि सबै दल प्रतिबद्ध देखिएको उनको भनाइ छ ।
चन्द्रपुरमा कांग्रेसबाट मेयरका लागि १२ जना आकांक्षी
यता चन्द्रपुर नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट मात्रै १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन । कांग्रेसको नगर समितिले उम्मेदवार बन्न आकांक्षीहरुको बैठक राखेको थियो । बैठकमा नगरपालिका प्रमुखमा १२ जना र उपप्रमुखमा ६ जनाले दाबी गरेका हुन । स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास पनि चलिरहेको छ । तर कांग्रेसको चन्द्रपुर नगर समितिले तालमेल नगर्ने निणर्य गरिसकेको छ । चन्द्रपुरमा कसरी चुनावी तालमेल होला ? भन्ने सर्वत्र चासोका बीच कांग्रेसको नगर कार्यसमितिले उम्मेदवार चयनका प्रक्रिया अघि बढाएको छ । त्यसक्रममा दर्जनौँ नेताहरूले इच्छा जाहेर गरेका हुन् । मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेमा निवर्तमान नगर प्रमुख रामचन्द्र चौधरी, प्रदेश समिति सदस्य सूर्य बहादुर थापा, नगर सभापति मुकेश गिरिले इच्छा जाहेर गरेका छन । त्यस्तै, नेताहरू अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजय कुमार साह, सपुत बहादुर कार्की, केदार थापा, अनन्त कोईराला, रमेशहरि भट्टराई, सजंय काफ्ले, तारा सापकोटा पनि मेयरको उम्मेदवार बन्न नगरपालिकाबाट सिफारिसमा पर्न चाहेका छन । उपमेयरको उम्मेदवार बन्न आकांक्षा राख्नेमा महिला नेतृहरु लक्ष्मी बराल, गिता भारती, सिता गौतम, जयमाला चौधरी, सरस्वती गिरि र तुलसा कोइराला रहेका छन । अब नगर कार्यसमितिले आकांक्षा राख्ने मध्ये पार्टीको विधान बमोजिम तीन जनाको नाम सिफारिस गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here