चन्द्रनिगाहपुर,१ बैशाख ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर ८ मा चुनावी सरगर्मी बढेकोे छ । नेताका घरदेखि चोकका चियपसलहरुमा निकै चुनावी बहस हुने गरेका छ । बिगतमा टिकट नपाएकाहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ ।
चन्द्रपुर नगरपलिका वडा नं ८ को वडा अध्यक्षमा भने कांग्रेसका युवा नेता जितेन्द्र चौधरीको नाम चर्चामा रहको छ । २०४६ सालदेखि विद्यार्थी राजनितिबाट उदाएका चौधरी कांग्रेसभित्र कुशल संगठकका रूपमा परिचित छन । उनि २०४६ सालमा भएको विद्यार्थी आन्दोलनमा पक्राउ परेका थिए ।
पञ्चायत बिरोधी आन्दोलनका सक्रिय योद्घा चौधरी पार्टीमा प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।
चन्द्रपुर नगरभित्रका सामाजिक क्षेत्रमा सक्रिय उनि रंगपुर साझेदारी वनका अध्यक्ष , बाल कल्याण आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष , सन्तपुर बजार व्यावस्थापन समितिको संयोजक , कोटिहोम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष , सुवलाल भागवत बहुमुखी क्याम्पसको सदस्य जस्तो जिम्मेवार पदहरुमा सेवारत छन ।
बिभिन्न सामाजिक संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका चौधरी वडा नं. ८ को वडा अध्यक्षको बलियो दाबेदार मानिन्छन । पार्टीभित्र गुटको राजनिति नमान्ने चौधरी नेपाली कांग्रेसको दुबै गुटका नेताहरुको प्रिय पात्रका रुपमा परिचित छन । पार्टी दुइटै गुटसंग निकटता भएको कारण टिकट पनि चौधरीले नै ल्याउने उनका समर्थकहरुको आकलन रहेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यस वडाको अध्यक्षमा नेकपा एमालेबाट पासपत चौधरी बिजयी भएका थिए । अघिल्लो स्थानीय निर्वाचनमा चन्द्रपुर ८ मा पासपत चौधरीले १२ सय ६६ मत ल्याएर विजयी हुंदा नेपाली कांग्रेसका लिलानाथ तिमल्सिनाले ११ सय २४ नेकपा माओवादी केन्द्रका सरोज कुमार बछारले ९ सय ५४ मत प्राप्त गरेका थिए । ।
धेरै जातको मिश्रित बसोबास रहेको चन्द्रपुर ८ मा पहाडी ,मधेसी थारु सबैलाई मिलाउने क्षमता भएका वडा अध्यक्षका एक मात्रै दावेदारका रुपमा जितेन्द्र चौधरीलाई मतदाताले हेरेको पाईन्छ । आंउदो स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आआफ्ना तर्क रहेका छन । गठबन्धन वा एक्ला एक्लै चुनाव हुँदा पार्टीहरुको अवस्था के हुन्छ ? चोक चौतारामा यसैमा आफ्ना जोडघटाउ चलिरहेको पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here