रौतहट,२ बैशाख । रौतहटको चन्द्रनिगाहपुरबाट एकजना मोटर साईकल चोरी गर्ने क्रममा पक्राउ परेका छन् । जिल्लाको गुजरा नगरपालिकाको चोचा मैरा घर भएका राहुल चौधरी पक्राउ परेका हुन । केही दिन पहिला चन्द्रनिगाहपुरबाट एक मोटर साईकल चोरी भएपछि उनी सिसि क्यामेरामा कैद भएका थिए । उनको साथबाट प्रहरीले मोटर साईकल चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी । उनले नयाँ बर्षको दिन चन्द्रनिगाहपुरको ओल्ड हाउस क्याफे अगाडी पार्किङ गरी राखेको मोटर साईकल चोरी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।