बौधीमाई,३ चैत ।
अन्य पार्टी परित्याग गरेर एमाले प्रवेस गर्नेको संख्या वढदै जान थालेको छ । रौतहटमा एक स्थानीय तहकी निर्वाचित उपमेयर एमालेमा प्रवेश गरेकी छिन् । जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेकी छिन् ।
शुक्रबार मौलापुर नगरपालिकाको पथराबुधराममा नेकपा एमाले मौलापुर नगर कमिटी द्वारा आयोजित भेटघाट तथा शुभकामना आादानप्रदान कार्यक्रममा उनले जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साह द्वारा टिकामाला लगाई औपचारिक रूपमा एमालेमा प्रवेश गराउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मौलापुरकी मेयर साहले आगामी स्थानीय तहको निरेवाचनमा नेकपा एमालेकै पक्षमा मतदान गर्न आग्रह गर्नु भयो । आफूले मौलापुर नगरपालिकालाई विकासको मामलामा अगाडि बढाउन सफल भएकोले आफूलाई नै सहयोग गर्न आग्रह गर्नु भयो ।
मौलापुरमा पुरातात्त्विक महादेव मन्दिर पतौर उतखन्न,लैण्ड पुलिङ,दलित बस्ती निर्माण,धुवामूक्त अभियान अन्तर्गत ग्यास सिलिन्डर वितरण लगायतको सराहनीय कार्य गरेकोले जनताले आगामी चुनावमा आफूलाई नै चुन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिनु भयो ।
सो अवसरमा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,उपप्रमुख गौरीशंकर जयसवाल,नेकपा एमाले रौतहट अध्यक्ष त्रिभुवन साह अमरजि सहित नेकपा एमालेका नेता कार्यकर्ताहरूको भव्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here