चन्द्रपुर,५ बैशाख ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले उम्मेदवार उठाउने गृहकार्य शुरू गरेको छ । निर्वाचन नजिकिएसंगै चन्द्रपुर नगर क्षेत्रमा सबै दलका निर्वाचन केन्द्रित कार्यक्रमहरु बढ्दै गएका छन । यसै क्रममा नेकपा एमालेका प्रभाबशाली युवा नेता सुनिल तिमल्सिनाले चन्द्रपुरको मेयरमा दाबेदारी प्रस्तुत गरेका छन । चन्द्रपुर नगर कमिटिका आर्थिक बिभाग प्रमुख समेत रहेका तिमल्सिनाले नगर कमिटिको शनिबार बसेको बैठकमा मेयर पदको लागी दाबी गरेका हुन ।
उद्योग बाणिज्य संघका केन्द्रिय सचिबको समेत जिम्मेबारी समालेका तिमल्सिनाले अब नगर बनाउने जिम्मा नेतृत्व तहले युवालाइ दिनुपर्ने धारणा राखेका थिए । नगर भित्र बढदो भ्रष्टचार नियन्त्रणको लागी पनि युवाको नेतृत्व आवश्यक रहेको उनको धारणा रहेको छ । चन्द्रपुर नगरपालिकामा आएको बजेट सहि सदुपयोग हुन नसक्दा विकाश प्रभाबित भएको तिमलसिनाको भनाई रहको छ । समंग्र चन्द्रपुर नगरपालिकाको योजनाबद्ध बिकाशको लागी आफनो उमेदवारी दाबी गरेका उनले बताए ।
लामो समय देखी नेकपा एमालेमा क्रृयाशिल रहेका नेता तिमल्सिनाको नाम अहिले एमाले भित्र चर्चामा रहको छ । तिमल्सिना मजासिला, बौद्धिक र क्षमतावान नेताका रुपमा चिनिन्छन । आफुले पाएको जिम्मेवारी राम्रोसंग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि कार्यकर्तामा पनि लोकप्रिय रहेका छन । चन्द्रपुर नगरलाई समृद्घ बनाउन युवा नेतृत्व आवश्यक रहेको बताउदै युवा नेता तिमल्सिनाले नगरलाई युवाहरुले योजनाबद्ध बनाएर चलाउनु पर्ने बताए । कर्ममा विश्वास गर्ने शालीन तिमल्सिना आफुले पाएको जिम्मेवारीलाई इमानदारी पूर्वक पूरा गरेर नतिजा निकाल्न रुचाउंछन । पछिल्ला दिनहरुमा पार्टीमा प्रर्याप्त विचलन, आफन्तवाद र नातावाद हावि भएकाले इमान्दार नेता कार्यकर्ता पाखा लागिरहेको तिमल्सिनाको बुझाई रहेको छ । एमाले भित्रका एक कुशल संगठक रुपमा चिनिएका उनि यसपालि मेयरका लागि बलिया दाबेदार हुन ।
आउदो निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आआफ्ना तर्क रहेका छन । गठबन्धन वा एक्ला एक्लै चुनाव हुदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चलिरहेको पाईन्छ ।
अघिल्लो स्थानिय चुनाव जितेर नगर प्रमुख बनिसकेकाहरु आफ्नो निरन्तरताका लागि कार्यकालमा गरेको कामको प्रचार गरिरहेका छन । मतदाताहरु भने बौद्धिक र निष्ठावान नगरप्रमुखकोे खोजी रहेको देखिन्छ ।
चन्द्रपुर नगरपालिकामा यसअघिको चुनावमा नेकपा एमालेलाई करिब ९ सय ५० सय मतले पछि पार्दै नेपाली कांग्रेस बिजयी भएको थियो । २०७९ बैशाख ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here