चन्द्रपुर,५ बैशाख ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिको शनिबार भएको बैठकमा ७ जना मेयरका आकांक्षी देखिएकाछन् । सातै जनाले आफु मेयरको बलियो देवेदार रहेको बताउदै आएकाछन् । नेकपा एमालेबाट चन्द्रपुर नगर पालिकाको मेयरमा राजु धामी ,शिव आचार्य ,सुनिल तिमलसिना,प्रमोद चौधरी ,नौतन पोख्रेल,सारदा हुमगांई ,कोपिला तिमलसिना ,ऋशेस्वार दाहाले दावेदारी प्रस्तुत गरेका थिए ।
नेकपा एमालेमा मेयरका आकांक्षी बढी भएपछि सहमतीका लागि कार्यदल समेत बनेको छ । मेयरका आकांक्षी बिच सहमतीको प्रयास भईरहेको नगर कार्यदलका संयोजक राजेन्द्र तिवारीले जानकारी दिएकाछन् । मेयरमै आकाक्षी बढी भएपछि शनिवार भएको नगर कमिटिको बैठकमा वडा अध्यक्षको टुगो लाग्न सकेन । नेकपा एमालेका ४ वटा वडामा वडा अध्यक्षको सहमती भएको भएपनि अन्य वडामा सहमती हुन सकेको छैन् । नेकपा एमाले चन्द्रपुर ४ ले भने वडा अध्यक्षको टुंगो लगाउनका लागि आज वडा कमिटिको बैठक बोलाएको नेकपा एमाले चन्द्रपुर ४ का वडा अध्यक्ष डोल बहादुर ठाडा मगरले बताए । एमाले चन्द्रपुर ४ को वडा अध्यक्षमा राजेन्द्र तिवारी ,कृष्ण प्रसाद तिमलसिना,रवी राना मगर ,डोल बहादुर ठाडा मगर आकांक्षी रहेकाछन् । २०७९ बैशाख ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here