गौर,५ बैशाख ।
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रवीन्द्र प्रसाद साह आउदो स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकाको मेयरमा चुनाव लडने भएकाछन् । पत्रकार साहले जनता समाजवादी पार्टीबाट राजदेवी नगरपालिकाको मेयरमा चुनाव लड्न लागेका हुन । राजदेवी नगरपालिकामा आफ्नो टिकट पक्का भएकाले आफु चुनावी मैदानमा होमिएको साहको भनाइ रहेको छ । नेपाल पत्रकार महासंघ रौतहटका संस्थापक सदस्य समेत रहीसकेका साहले राजदेवी नगरपालिकाको विकासका लागि आफुले नया“ खाका सहित मतदाताकोमा जान लागेको बताएकाछन् ।
उनले आफुले चुनाव जिते राजदेवी नगरपालिकाको शिक्षा ,स्वास्थ्य ,खेलकुद सहित सम्मुन्नत नगर बनाउने बताउदै आएकाछन् । जनता समाजवादी पार्टीको छाता चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रेका साहले नगरको विकासका लागि जनताले आफुलाई मतदान गर्ने विस्वास गरेकाछन् ।
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष साहलाई राजदेवी नगरपालिकाको मेयरको मेयरको टिकट जनता समाजवादी पार्टीले पक्का गरेको साहको भनाइ रहेको छ ।सो नगरपालिकामा सत्ताधरी दलको चुनावी गठबन्धन नहुने भएको छ । सो पार्टीले बैठकनै बसेर छाता चुनाव चिन्हबाट साहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ बैशाख ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here