चन्द्रपुर,६ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकदै जादा चन्द्रपुर नगरपालिकामा कुनै पनि दलले मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउन सकेका छनन् । मंगलबार नेकपा एमालेको नगर कमिटिको बैठकमा मेयरका अकाक्षी रहेका ८ जनाले नै आ आफ्नो दाबी कायम रहेको बताएपछि अव त्यसको जिम्मा प्रदेश कमिटि र केन्द्रलाई दिने निर्णय भएको नेकपा एमाले चन्द्रपुरका उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएकाछन् । नेपाली कांग्रेसमा पनि मेयरका आकांक्षी १२ जना रहेका छन् । १२ जनाले नै आफ्नो दाबी कायम राखेका कारण मेयरको टुंगो प्रदेस समिति र केन्द्रले टुंग्याउने सो. पार्टीका जिल्ला सदस्य सुवास कोईरालाले जानकारी दिएकाछन् । नेकपा माओवादी र नेकपा एस बिच हुने भनिएको गठबन्धनको समेत टुंगो नलागेपछि नेकपा एसले चन्द्रपुर नगरपालिकामा एकल चुनाव लडने तयारी गरेको सो पार्टीका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालको भनाइ रहेको छ । नेकपा माओवादीले पनि यतीबेला सम्म मेयर र उप मेयरको टुंगो लगाउन सकेको छैन् । माओवादी र एस बिच गठबन्धन नभएमा माओवादीले सो पार्टीका नेता हरी पौडेललाई मेयर र देवकी नेपाललाइ उप मेयरमा मैदानमा उतार्ने तयारी गरेको स्रोतको भनाई रहेको छ । २०७९ बैशाख ७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here