यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले उम्मेदवार उठाउने गृहकार्य शुरू गरेको छ । एमाले चन्द्रपुर नगर कमिटिले हालसालै मेयरको लागी ८ जना आकाक्षिहरुको नाम जिल्ला कमिटि समक्ष शिफारिस गरेको छ । आकांक्षिहरुको नामको क्रम सख्यामा चन्द्रपुरका चर्चित युवा नेता सुनिल तिमल्सिनाको पनि नाम रहेको छ । एमाले चन्द्रपुरका एक लोकप्रिय युवा नेता हुन तिमल्सिना । नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सचिब समेत रहेका तिमल्सिना एमाले चन्द्रपुर नगर कमिटिका आर्थिक बिभाग प्रमुख हुन । निर्वाचन नजिकिएसंगै चन्द्रपुर नगर क्षेत्रमा सबै दलहरुमा निर्वाचन केन्द्रित कार्यक्रम चलिरहेका छन । यसै क्रममा नेकपा एमालेका प्रभाबशाली युवा नेता सुनिल तिमल्सिनाले चन्द्रपुरको मेयरमा दाबेदारी प्रस्तुत गरेका हुन । अब नगर बनाउने जिम्मा नेतृत्व तहले युवालाइ दिनुपर्ने धारणा सहित उनले दाबेदारी राखेका हुन । लामो समय देखी नेकपा एमालेमा क्रृयाशिल रहेका नेता तिमल्सिनाको नाम मेयरका लागि एमाले भित्र चर्चामा रहको छ । एमाले भित्रका एक कुशल संगठक रुपमा चिनिएका उनि यसपालि मेयरका लागि बलिया दाबेदार हुन । यसै सन्दर्भमा हामीले युवा नेता तिमल्सिनालाई आउँदो स्थानिय निर्वाचनमा चन्द्रपुरको मेयरमा तपाईको दाबेदारी किन ? के छन तपाईसंग चन्द्रपुरको मुहार फेर्ने योजना ? तपाईको टिकट पक्का छ त ? लगाएत विषयमा कुराकानी गरेका छौ ।आउँदो स्थानिय निर्वाचनमा चन्द्रपुरको मेयरमा तपाईको दाबेदारी किन ?
समय परिवर्तनको लहरमा छ । आधिनुक प्रबिधिहरुको बिकास भईरहेको छ । नगर हक्नलाई बृद्घ भन्दा अब युवाको खाचो भएको महसुस गरेको छु । नेतृत्व तहले अब युवालाइ नेतृत्व दिनुपर्दछ । चन्द्रपुर नगरपालिका भित्र बढदो भ्रष्टचार नियन्त्रणको लागी पनि युवाको नेतृत्व आवश्यक रहेको छ । चन्द्रपुर नगरपालिकामा आएको बजेट सहि सदुपयोग हुन नसक्दा विकाश प्रभाबित भएको हामी सबैले प्रष्ट देखिरहेका छौ । नगरपालिकाका धेरै योजनाहरुमा भ्रष्टचार भयो भनेर अख्तियार मुद्घा पनि परेका छन । समग्र चन्द्रपुर नगरपालिकाको योजनाबद्ध बिकाशको लागी राम्रो भिजन भएको युवा नेतृत्वको खाचो रहेको छ । नगर प्रमुखको पद भनेको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पर्ण व्यवस्थापन बुझ्न सक्ने व्यक्ति चाहिन्छ । त्यसैले चन्द्रपुरको मयरको लागि म सक्षम छु मेरो दाबेदारी रहन्छ ।
के छन तपाईसंग चन्द्रपुरको मुहार फेर्ने योजना ?
हामीले देखिरहेका छौ अहिलेको कांगे्रस नेतृत्वको कार्य शैलीबाट चन्द्रपुर समृद्घ हुन सक्दैन । यो पाच वर्षमा अरबौ बजेट खर्च गरियो तर रोजगारी स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटनका क्षेत्रहरुमा उपलब्धी शून्य रहेको छ । त्यसकारण चन्द्रपुरलाई समृद्घ बनाउन समग्र बिकासको लागि बिकास निति तथा बिज्ञ बिकास मन्च गठन गरि वडा अनुसारको आवश्यक बृहत चन्द्रपुर योजनाको सुरूवात गरि कम्तिमा एक हजार जनालाई स्वरोजगार बाताबरण तयार गनुपर्छ । शिक्षा क्षेत्रमा नगर शिक्षा कार्यक्रम लागु गरि सरकारी विद्यालयको शिक्षण प्रणाली सुधार्न जरुरी छ । नीजि विद्यालय महंगा छन । सरकारी शिक्षकहरुलाई अपग्रेड गर्न तालिम दिएर कसरि नयाँ तरिकाले पढाउन सकिन्छ भन्ने मेरो ध्यान छ । अर्को त नीजि विद्यालयले पनि विभिन्न शिर्षकमा उठाइरहेको शुल्कबारे निगरानी गर्नुपर्दछ । पर्यटनलाई नगरको आर्थिक आर्जनसंग जोडने गरी पर्यटकिय र धार्मिक सर्किट बनाई बिकास गर्ने निती बनाउन पर्छ । आवश्यक ऐन कानुन निर्माण गरि नगर रोजगार शाखा स्थापना गरी प्रति वडामा कम्तिमा १ सय जनाका दरले रोजगार दिने । बिकास निर्माणमा भएका अनियमितता बारे आवश्यक सुचना दिन र लिन टोल फ्रि नम्बर को ब्यबस्था गर्ने । स्वास्थ्य क्षेत्रमा सरकारी तथा निजि स्वास्थ्य सेवा प्रदायक संस्था को सर्किट निर्माण गरी सबै नागरीकलाई नगर स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने मेरो योजना रहेको छ । चन्द्रपुरमा खेलकुदको लागि नगर रंगशाला निर्माणको आवश्यत्ता रहेको छ । चन्द्रनिगाहपुर चौक र बजार क्षेत्रमा ढल, ठेला पसल उचित व्यवस्थापन र अव्यवस्थित रहेको पार्किङलाई व्यवस्थित बनाउने काममा मेरो पहिलो प्रथमिकता रहनेछ। नजरपुरलाई प्रमुख धर्मिक पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न जरुरी छ । वडा नं ९ नजरपुरमा रहेको कृष्ण प्रणामी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्नलाई बिशेष पहल गर्नेछु ।
अनि एक वडा एक योजनाका रुपमा कार्यक्रम अगाडि बढाउने छु । त्यसमा वडा नं १, २ र ३ लाई पर्यटकिय हब बनाउने । वडा न ४, ५ र ६ लाई औधोगिक र व्यवसायीक क्षेत्रका रुपमा विकसित गर्ने । वडा नं ७, ८, ९ र १० लाई आधुनिक कृषि क्षेत्र बनाउने । आधुनिक कृषि करणको लागि आवश्यक औजारहरु सहयोग गर्ने योजना छ ।
तपाईको टिकट पक्का छ त ?
मैले पार्टी भित्र र समाजको लागि काम गरिरहेको सबैले देख्नु भएकै छ । एक कार्यकाल मेयर बनेर चन्द्रपुरलाई समृद्ध बनाउने योजना छ । मेरो उम्मेदवारी धेरैलाई अस्वभाविक लाग्ला तर म बलियो उम्मेदवार हो भन्ने सबैलाई थाहा छ । एमालेलाई जिताउन मेरो उम्मेदवारी हो । उम्मेदवार छनौट गर्ने पार्टीको आफ्नै विधि पद्धति छ । त्यसैले अहिले नै महत्वाकांक्षी बन्नु जरुरी छैन ।
