कटहरिया,१० बैशाख ।
रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तर्गत नेकपा एमाले पार्टी बाट मेयर पदको टिकटका लागि पुनः सियाराम कुश्वाहालाई नै शिफारिस गरिएको छ । एमाले कटहरिया नगर कमिटीका अध्यक्ष सोन्फी महतोको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकले उपमेयरमा कुन्ती देवि साहलाई शिफारिस गरेको छ । नगरपालिका अन्तर्गत ९ वटा वडा मध्ये ६ वटामा वडा अध्यक्षको सिफारिस गरेको छ भने ३ वटामा टुंगो लाग्न बांकी रहेको छ । वडा २ मा हरेन्द्र जयसवाल,३ मा श्यामाकान्त यादव,४ मा चन्दन कुश्वाहालाई सिफारिस गरेको एमाले नगर अध्यक्ष महतोले बताएका छन । त्यसैगरी वडा ६ मा जयराम चौधरी,७ मा हरिभजन साह,९ मा रामाज्ञा यादवको नाम वडा अध्यक्षको टिकटको लागि शिफारिस गरेको छ । वडा १,५ र ८ को टुंगो लाग्न बांकी रहेको छ ।
कटहरिया नगरको विकासमा पुर्ण समर्पितभै काम गरेको,पार्टी प्रति बफादार र पार्टीको बिश्वासपात्र भएकाले संबिधान अनुसार अन्तिम पटक मेयर पदको टिकटको लागि सियाराम कुश्वाहालाई नै दोहो¥याएको नगर सभापति महतोले जानकारी दिएका छन । कुश्वाहा यस अघिको निर्वाचनमा माओवादीको टिकट बाट मेयरमा निर्वाचित भएर एमालेलाई रोजेका थिए । त्यस्तै कुन्ती देवि साह नेकपा एमाले कटहरिया नगरकमिटिका पुर्व अध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्य योगेन्द्र साहको श्रीमती हुन । २०७९ बैशाख १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here