अशोक पहाडी
चन्द्रपुर,११ बैशाख । नेपाली काँग्रेस मधेस प्रदेश समितिको बैठकले चन्द्रपुरको मेयरको टिकट संजय काफ्लेलाई दिएको छ । चन्द्रपुर नगरपालिका वडानं ५ का पुर्व अध्यक्ष समेत रहेका काफ्लेलाई नेपाली कांग्रेसले चन्द्रपुरको मेयरमा चुनावी मैदानमा उतार्ने भएको हो । टिकटको रेसमा रहेका चन्द्रपुरका मेयर रामचन्द्र चौधराीलाई पछि पार्दै काफ्लेले मेयरको टिकट हात पारेका हुन । नेकपा एसले युवा नेता बाबुराम दाहाललाई चन्द्रपुरको मेयरमा चुनावी मैदानमा उतारेका बेला काग्रेसले समेत युवा नेता काफ्लेलाई मेयरको टिकट दिएको हो । नेकपा एमालेले समेत आज दिउसो सम्म उम्मेदवारको टुंगो लगाउने भएको छ । एमाले जनले पनि युवालाई चुनावी मैदान उतार्नु पर्ने आवाज उठदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here