रौतहट,१२ बैशाख । नेकपा एमालेले टिकट बितरणमा मनोमानी गरेको भन्दै नेकपा एमाले चन्द्रपुरको एक समुहले अहिले पार्टीबाट सामुहिक राजिनामा दिने भएको छ । नेकपा एमाले चन्द्रपुरको मेयरका आकांक्षी रहेका ८ जना मध्यका एकजना नेता सहितको समुहले सामुहिक राजिनामा दिने तयारी गरेको छ । पार्टीले चुनाव नजित्ने र हारेपछि अन्र्तघातको आरोप लगाउदै पार्टीले आफुहरुलाई कार्वाही गर्ने भन्दै आफुहरुले सामुहिक राजिनामाको तयारी गरेको एक नेताले तराई एक्सप्रेसलाई बताए ।