गुजरा,१५ बैशाख ।
केहिदिन अघिसम्म नेपाली कांग्रेस पार्टीमा मेयर पदको प्रवल दावेदार सेख एकरामुल हक एमालेको टिकट लिएर मैदानमा उत्रेका छन ।
अगामी ३० गतेहुने स्थानीयतहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा नेकपा एमालेको टिकट बाट मेयर पदको लागि भिड्दै छन । कनकपुरका पुर्व गाविस अध्यक्ष तथा गुजरा नगरपालिकाका मेयर प्रत्याशी स्वर्गीय सेख दाउदका छोरा तत्कालीन कांग्रेस महाधिवेशन प्रतिनिधि हक केहिदिन अघिमात्र पार्टी परित्याग गरेका थिए ।कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै उनी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमाले बाट मेयर हक संगै उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकि छिन ।गुजरा १ को वडा अध्यक्षमा रामजित चौधरी,२ मा बिक्रम भन्ने मिरबहादुर स्थानी मगर,३ मा गजेन्द्र चौधरी ,४ बाट कुमार भन्ने झमक प्रसाद चौलागाईं र ५ बाट सम्भ साहले उम्मेद्बारी दिएका छन ।
त्यस्तै वडा ६ मा मोसाफिर यादव,७ मा राजेश चौधरी ,८ मा रामबाबु चौधरी र वडा ९ मा सोभालाल चौधरीले वडा अध्यक्षको लागि मैदानमा उत्रिएको एमाले गुजरा नगर कमिटी अध्यक्ष सम्भु चौधरीले जानकारी दिएका छन ।