चन्द्रपुर,१६ बैशाख ।
नेकपा एकिकृत समाजवादीको चन्द्रपुर नगरका मेयरका उम्मेदवार बाबुराम दाहालले घरदैलो कार्यक्रम सुरु गरेकाछन् । उनले बिहिबार चन्द्रपुरको वडानं ६ का बिभिन्न टोलका घर घरमा गएर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
सो पार्टीकी उप मेयरकी उम्मेदवार रामरती चौधरी सहित वडानं ६ को बिभिन्न टोलमा घरदैलो कार्यक्रम भएको नेकपा एकिकृत समाजवादीका स्थानीय नेता अर्जुन हुंमगाईले जानकारी दिएका छन् । गएको स्थानीय तहको निर्वाचनमा चन्द्रपुरको मेयर लिष्टमा नाम घोषणा भएको भएपनि अन्तिम चरणमा उनले नेकपा एमालेबाट उम्मेदवारी घोषणा गर्न पाएका थिएनन् ।
पार्टी बिभाजन पछि नेकपा एकिकृत समाजवादीमा गएका दाहाल युवा र हक्की स्वभावका नेताका रुपमा परिचित रहेकाछन् । पार्टी पटक पटक सरकारमा जादा समेत उनले लाभका पदमा लोभ गरेका थिएनन् । नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयरको उम्मेदवार बनेका दाहालको पक्षमा युवाको मत खस्ने अनुमान गरिएको छ । उनी समेत आफ्नै उमेर समुह र आफुभन्दा कान्छा मतदातालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने हिसावले दाहाल लागेको पाईन्छ । चन्द्रपुर नगरपालिकाको मेयर र उप मेयरका उम्मेदवार सबै भन्दा पहिला सोही पार्टीले घोषणा गरेको थियो । २०७९ बैशाख १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here