बृन्दावन,१६ बैशाख ।
नेकपा एमाले बृन्दावन नगरपालिकाका मेयरका उम्मेदवार प्रेमशंकर यादवले आफुले आउदौ ३० गतेको स्थानीय तहको निर्वाचन जितेमा बृन्दावनका बेरोजगार युवाले बैदेशिक रोजगारीमा जानु नपर्ने बताएकाछन् ।
उनले बिहिबार संचारकर्मीहरुसंग कुरा गर्दै बृन्दावनको बृहत विकासको खाका आफुसंग रहेको र आफुले अहिले सम्म कुनै सार्वजनिक पदमा बसेर अबैध काम नगरेका कारण यो निर्वाचनमा मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बताएका छन् ।
बिगत ३३ बर्ष देखी नेपाली कांग्रेसमा सक्रिय राजनिति गरेको प्रेम शंकर यादबले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेर बृन्दावन नगरपालिकाको नगर प्रमुखको रुपमा उमेदवारी दिएका हुन ।
बैशाख १० गते नेपाली कांग्रेसले यादबलाइ बृन्दावन नगरपालिकाको नगर प्रमुखको रुपमा टिकट दिएको भएता पनि पार्टीले फेरी उनको टिकट खोसेर निर्बतमान नगर प्रमुख राम स्नेही यादबलाइ टिकट दिएपछि उनले कांग्रेस परित्याग गरेका थिए ।
नेपाली कांग्रेस परित्याग गरेपछि यादबलाइ नेकपा एमालेले बृन्दावन नगरपालिकाको नगर प्रमुखको रुपमा अगाडी सारेको थियो । बृन्दावन नगरपालिकामा राम्रो जनमत भएका नगर प्रमुखका उमेदवार यादबले नेपाली कांग्रेस पैसामा बिकाउ भएको पार्टी बताए ।
उनले कांग्रेसलाइ अडान नभएको र अर्कोको साहारामा चल्ने पार्टीको समेत संज्ञा दिएका छन । कांग्रेस तुलनामा नेकपा एमाले आफैमा अडान भएको पार्टीको रुपमा देखेको उनले बताए ।
आफुले नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा उमेदवारी दिएपछि ह्वातै जनमत बढेको यादबले बताए । बृन्दावन नगरपालिकामा नेकपा एमालेको जित सुरक्षित भएको समेत उनले प्रतिक्रिया दिएका छन ।
आफु नगर प्रमुखको रुपमा निर्वाचित भएपछि सर्वप्रथम शिक्षा क्षेत्रको आमुल परिर्वतन गरि सुधार ल्याउने र बेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउने तर्फ अहम भुमिका हुने उनले बताए ।
५ बर्षको अबधिमा बृन्दावन नगरपालिकामा बिकाश बजेटमा अनियमिता मात्रै भएको पाएकोले आफुले जितेपछि बिकाश बजेटलाइ सही सदुपयोग गरेर बिकाश तर्फ अग्रसर हुने उनको प्रतिक्रिया छ ।
बृन्दावन कृषिको पकेट क्षेत्र भएको हुदा पनि यहाका किसानलाइ ब्यबसायिक खेती तर्फ उन्मुख गराउन सोही अनुसारको नगरपालिकाबाट किसानहरुलाइ सुबिधा उपलब्ध गराउनु आफनो मुख्य लक्ष्य भएको समेत उनले बताएका छन ।
पहिले देखी नै आफु भ्रष्ट्रचार बिरोधी भएको कारण पनि नगर भित्र हुने भ्रष्ट्रचारलाइ शुन्य अबस्थामा झार्नुे तर्फ पुर्ण रुपमा प्रतिबद्ध रहेको समेत उनले बताएका छन । २०७९ बैशाख १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here