चन्द्रनिगाहपुर,१७ बैशाख । एमाले चन्द्रपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका शिवप्रसाद आचार्यले घरदैलो अभियान सुरु गरेका छन् । मेयरमा उम्मेदवारी दर्ता गराएका आचार्य नेकपा एमाले चन्द्रपुर नगर कमिटीका दोस्रो कार्यकालका अध्यक्ष समेत हुन् । विगत लामो समयदेखि नेकपा एमालेमा काम गरेका आचार्यले आफू विजयी हुने बताएका छन् । उनले आफु बिजयी भएमा लोकतन्त्रलाई जनताको झूपडीसम्म पुर्याउने र झूपडीमा रहेका जनतासँग उनीहरुको समस्या बुझी सोहि अनुरुप योजनाहरु बनाई जनताको सल्लाह बमोजिम योजनाहरु कार्यान्वयन गर्ने बताए । उनले शिक्षाको हकमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा सरकारी विद्यालयबाट प्रदान गर्ने ,प्राविधिक शिक्षा प्रदान गरि युवाहरुलाई तालिमका साथै आर्थिक अनुदानको समेत व्यवस्था गर्ने बताए । चन्द्रपुरमा रहेको अस्पताललाई आमूल परिवर्तन गरि अस्पताललाई सुधार गर्ने व्यवस्थीत बनाउने त्यस्तै वडा वडाका स्वास्थ्य चौकीलाई थप व्यवस्थीत गर्ने साथै चुनाव जितेपछि पाच वर्षमा चन्द्रपुर नगरलाई प्रदेशकै उत्कष्ट नगर बनाउने उनले प्रतिबद्दता जनाए । आचार्य मतदाताको घरदैलोमा पुगी समग्र नगर बिकासको लागि आफुलाई भारि मतले जिताउन सम्पूर्ण नगरवासीलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here