चन्द्रपुर,१७ बैशाख । चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचनद्र चौधरी चन्द्रपुर नगरपालिकाको स्वतन्त्र उम्मेदवार भएका छन् । शुक्रबार सांझ सम्म उम्मेदवारी फिर्ताको समय चौधरीले नाम फिर्ता नलिएपछि उनी स्वतन्त्र उम्मेदवार भएका हुन ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरमा निर्वाचित रामचन्द्र चौधरीलाई यस पटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन ।
नेपाली कांग्रेसका नेताहरुले अन्तिम समय सम्म चौधरीलाई मनाउने प्रयास गरेको भएपनि उनले शुक्रबार दिनभरी फोन आफ गरेर बसेका थिए ।
नेपाली कांग्रेसले चन्द्रपुर ५ का पुर्व वडा अध्यक्ष संजय काफ्लेलाई मेयरको टिकट दिएपछि चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शुक्रबार दिउसो नै सुचना जारी गरेर स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका क्रियाशिल सदस्यले उम्मेदवारी फिर्ता नलिए साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्ने जनाएको थियो ।
नगर समितिको सुचना पछि वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काग्रेसका २ जना स्थानीय नेता र एक जना स्वतन्त्र उम्मेदवारी आफ्नो उम्मेदवारी फिर्ता दिएका थिए ।
नेपाली काग्रेसका स्थानीय नेता उदय नारायण सापकोटा र महानन्द यादवले उम्मेदवारी फिर्ता लिएका थिए ।
सापकोटाले वडानं ४ र यादवले वडानं ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदारी दिएका थिए ।
चन्द्रपुर ८ बाट स्वतन्त्र उम्मेदवारी दिएका योग बहादुर पौडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको चन्द्रपुर प्रमुख निर्वाचन अधिकृत बद्री बहादुर कार्कीले तराई एक्सप्रेसलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here