बृन्दावन,१७ बैशाख ।
रौतहटको बृन्दावन नगरपालिकाको लागी नेकपा माओबादीको तर्फबाट मेयर पदमा उठेका राम प्रसाद राउतले समग्र बृन्दावन नगरपालिकाको बिकाश नै आफनो मुख्य लक्ष्य भएको बताएका छन ।
घरदैलो कार्यक्रममा ब्यस्त रहेका राउतले संचारकर्मीहरु संग कुरा गदै यस्तो बताएका हुन । बृन्दावन नगरपालिकाको भौतिक पुर्वाधारको बिकाश,शिक्षाको बिकाश,स्वास्थको बिकाश,सफा तथा सुन्दर नगरको परिकल्पना आफनो मुख्य लक्ष्य रहेको कारण पनि नगर प्रमुखमा उमेदवारी दिएको राउतले बताए ।
लामो समय देखी समाजसेवा र राजनितिक गरेर नै जिवन बिताएको सुनाउदै नगर प्रमुखका उमेदवार राउतले नगरको सम्बृद्ध बिकाश नै आफनो मुल लक्ष्य भएको बताए । बृन्दावन नगरपालिकामा खानेपानीको पनि उतिकै समस्या रहेको छ त्यसको लागी आफु मेयर भएपछि तुरुन्त काम अगाडी बढाउने समेत उनले सुनाए ।
बृन्दावन नगरपालिकामा सुबिधा सम्मन अस्पताल नहुदा चन्द्रनिगाहपुर,बिरगंज,चितवन तथा काठमाण्डौ जानुपर्ने बाध्यता छ, यो बाध्यता हटाउनको लागी पनि अब जनताले नेकपा माओबादीलाइ जिताउनु पर्ने उनले बताए ।
यी याबत समस्या समाधनको लागी पनि बृन्दावन नगरपालिकामा अबको जित नेकपा माओबादीको भएको प्रष्ट पारेका छन । बृन्दावन नगरपालिकामा अहिले नेकपा माओबादीमा जनलहर नै चलेको हुदा अबको जित कसैले पनि रोक्न नसक्ने उनको दाबी छ ।
जातीवाद ,कृपावाद ,पुँजीवाद, नातावादले बहुलता पाएको ठाँउमा आम जनता ले स्थानीय सरकारको बोध कदापि हुन्न सक्दैन त्यसकारण बृन्दावन नगरपालिकामा अबको नेतृत्व नेकपा माओबादीले गर्ने उनको धारणा थियो । योग्य र सक्षम नगर प्रमूख चुन्ने अवसर छान्ने पालो जनताको आएको हुदा यसपटक जनताले आफुलाइ आफनो अमुल्य मत दिएर बिजयी बनाउनेमा ढुक्का रहेको समेत उनले बताए ।
नगर प्रमुखमा बिजयी भएपछि आफुले सबैभन्दा पहिला शिक्षामा आमुल परिर्वतनको लागी कुनै पनि कसुर बाकी नराख्ने राउतले बताए ।
जितको लागी बृन्दाबन नगरबासी आफनो साथमा रहेकोले पनि आफनो जित सुरक्षित रहेको उनको भनाइ रहेको थियो । उनी २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि बृन्दावन नगरपालिकाको नगर प्रमुखको प्रत्यासी थिए ।
बृन्दावन नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रेम शंकर यादब,नेपाली कांग्रेसको तर्फबाट निर्बतमान नगर प्रमुख राम स्नेही यादब,नेकपा एसको तर्फबाट बिनोद पटेल लगायतकाले नगर प्रमुखमा उमेदवारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here