चन्द्रनिगाहपुर,१७ बैशाख । चन्द्रपुर नगरपालिका वडानं ४ को वडा अध्यक्षका कान्छा उम्मेदवार रवी राना मगरले आफुले चुनाव जिते वडाको विकासले गती लिने बताएकाछन् । उनले चन्द्रपुर ४ चन्द्रपुर नगरको मुटु भएका कारण यसको बृहत्तर विकासका लागि आफुलाई मतदिन मतदातासंग आग्रह गरेकाछन् । उनी नेकपा एमालेबाट चन्द्रपुर नगरपालिका वडानं ४ को वडा अध्यक्षका उम्मेदवार बनेका हुन् । चन्द्रपुर नगरपालिकामा नेपाली काग्रेसका नेपाल कार्की ,नेकपा माओवादीका डिम प्रसाद दुलाल ,नेकपा एसका कृष्ण खड्का र स्वतन्त्र उम्मेदवार केदार प्रसाद तिमलसिना चुनावी मैदानमा छन् । उनीहरु कान्छा २८ बर्षिय राना काका र दाईहरु संग चुनाव लड्दैछन् । उनले आफुले चुनाव जिते चन्द्रपुरको मुख्य चोकलाई व्यावस्थित बनाउने बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here