चन्द्रपुर,१८ बैशाख ।
नेकपा एमालेमा लामो समय राजनिति गरेका चन्द्रपुर ८ का स्थानीय नेता अच्युत हुमागांई सो वडामा स्वतन्त्र रुपमा वडा अध्यक्षका लागि मैदानमा उत्रेका छन् ।
नेकपा एमालेका नेताहरुले चन्द्रपुर ८ मा घरीघरी एकै व्यत्तिलाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका हुमागांईले स्वतन्त्र वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र मेयरका उम्मेदवार बनेका चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचन्द्र चौधरीले आप चुनाव चिन्ह् लिएपछि हुमागांईले समेत सोही चुनाव चिन्ह् रोजेका थिए ।
हुंमागाई सो क्षेत्रमा एमालेको राम्रो पकड भएको नेताका रुपमा चिनिएका मान्छे हुन ।
चन्द्रपुर ८ को वडा अध्यक्षको मैदानमा नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा माओवादी ,नेकपा एस पछि एकाएक हुमागाई चुनावी मैदानमा उत्रेका हुन ।
उनलाई पुर्व मेयर तथा स्वतन्त्र मेयरका उम्मेदवार रामचन्द्र चौधरीले समेत साथ दिने उनले विस्वास लिएका छन् ।
चन्द्रपुर ८ मा नेपाली काग्रेसबाट जितेन्द्र चौधरी ,नेकपा एमालेबाट पासपत चौधरी ,नेकपा माओवादीबाट जंगबहादुर थापा ,नेकपा एसबाट सोना कार्की मैदानमा रहेकाछन् ।