अशोक पहाडी ,चन्द्रपुर,१८ बैशाख ।
चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचनद्र चौधरीले आ“प चुनाव चिन्ह् पाएका छन् । उनले चन्द्रपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरमा निर्वाचित रामचन्द्र चौधरीलाई यस पटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन ।
नेपाली कांग्रेसले चन्द्रपुर ५ का पुर्व वडा अध्यक्ष संजय काफ्लेलाई मेयरको टिकट दिएपछि चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शुक्रबार दिउसोनै सुचना जारी गरेर स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका क्रियाशिल सदस्यले उम्मेदवारी फिर्ता नलिए साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्ने जनाएको थियो । उनी स्वत नेपाली काग्रेको क्रियाशिल सदस्यबाट निलम्बन भएको नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले जानकारी दिएकाछन् । चौधरीसंगै वडा अध्यक्षमा चनाव लडेका ५ जनाले पनि आ“प छापनै रोजेका छन् । चन्द्रपुर ४ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार केदार तिमलसिना , चन्द्रपुर ८ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार अच्युत हुमगांई ,चन्द्रपुर ५ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद उपाध्याय ,चन्द्रपुर ७ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हरी बहादुर अधिकारी ,चन्द्रपुर २ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार जितेन्द्र पासवानले समेत आ“प छाप रोजेका छन् । आ“प चुनाव चिन्ह् पाएपछि पुर्व मेयर चौधरीले तराई एक्सप्रेससंग भने भने ,म एक्लै मैदानमा छैन मसंग एउटा टिम छ र चुनाव जित्ने मैले हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here