बागमती,१८ बैशाख ।
नेकपा माओबादी केन्द्रबाट रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ का लागी वाड अध्यक्ष उमेदवार गणेश राउतले एक पटक आफनो अमुल्य मत दिएर काम गर्ने मौका दिन आम मतदाताहरु संग आग्रह गरेका छन ।
समाजसेवामा लामो समय देखि क्रियाशिल वाड अध्यक्षका उमेदवार राउतले एकपटक मात्रै मतदाताहरुले मौका दिए वाड नं. १ लाइ चन्द्रपुर नगरपालिकाको नमुना वाड बनाएर देखाउने बताएका हुन ।उक्त मौका जनताले दिने पुर्ण बिश्वास भएकै कारण अहिले नेकपा माओबादीको यस वाडमा जित सुनिश्चित बन्दै गएको राउतले बताए । यस वाडमा रहेको नुनथर क्षेत्रलाइ ब्यबस्थीत पर्यटकिय स्थलको रुपमा बिकाश गर्ने देखि पौराइ ब्रहम स्थानको भौतिक पुर्वाधारको बिकाश गरी वाड नं. १ लाइ पर्यटकिय वाडको रुपमा बिकाश गर्ने लक्ष्य रहेको उनले बताए ।
सो वाडको मुख्य समस्या भनेको भोग गरेको जमिनको पुर्जा बितरण तथा ब्यबस्थापन रहेको हुदा सो कार्य आफु निर्वाचित भएको भोलीपल्ट देखी नै समस्याको समाधान तर्फ लाग्ने वाडबासीलाइ बिस्वास दिलाउन प्रतिबद्ध रहेको राउतले बताए ।
सो वाडको करिब ७० प्रतिसश बसोबास ३ पुस्ता देखी आकड तथा ओइलानी जमिनमा रहेको आएको जानकारी दिदै राउतले ति जमिनको लाल पुर्जाकोलागी आवश्यक पहल तुरुन्त गर्ने समेत उनको भनाइ रहेको छ ।
बागमतीबाट निकालिने स्रोत साधनको सही सदुपयोग र बिकाशको लागी आएको रकमको सहि सदुपयोग गर्ने तर्फ आफु उतिकै जिम्मेबार रहेको राउतले बताए ।
शिक्षा तथा स्वास्थ्य मानब जिवनको अपरिहार्य चिज भएकोले त्यसको बिकाशलाइ अझ मजबुत बनाउदै लानु पर्ने भएको हुदा त्यस तर्फ पनि आफनो ध्यान उतिकै रहेको उनले बताएका छन ।उक्त वाडमा नेकपा एमालेको तर्फबाट चन्द्र बहादुर लामिछाने मगर,नेपाली कांग्रेसको तर्फबाछ बलराम राउत,नेकपा एसको तर्फबाट बिरु रखाल लागायतले वाड अध्यक्षमा उमेदवारी दिएका छन ।
यस अघि सो वाडमा नेकपा एमालेको तर्फबाट बिरु रखालले चुनाब जितेका थिए । उक्त वाडमा ५ हजार ६ सय भन्दा बढी मतदाता रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here