गरुडा,१९ बैशाख÷लामो समय देखी समाजसेवामा सक्रिय कन्थमणी जयसवालले नगर बिकाश कै लागी नेकपा एमालेको तर्फबाट गरुडा नगरपालिकाको लागी नगर प्रमुखमा उमेदवारी दर्ता गराएको बताएका छन । घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ब्यस्त जयसवालले नगर क्षेत्रमा अमूल्य परिवर्तनका लागि रौतहटको गरुडा नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन ।
चुुनाव जितेपछि नगरको मुहार नै फेरिदिने नेकपा एमालेको गरुडा नगरपालिकाका उम्मेदवार कन्थमणी प्रसाद जयसवालले बताएू । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सफल भए गरुडा नगरपालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद लगाएतका क्षेत्रमा आमुल परिवर्तन गर्ने बताएका हुन् । नगर विकासकै लागि आफू नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएको उनी बताए । जयसवालले आफ्नो पहिलो प्रथमिकता भनेकै गरुडा नगरपालिकाको आफ्नै भवन बनाउनु रहेको बताए । चुनावी लहरसंगै मेयर उम्मेदवार जयसवाल यतीबेला गरुडामा जनताको घरदैलोमा पुगेका छन् । आइतबार उनले गरुडा नगरपालिका वडा नं ६ पोठियाही मा नेकपा एमाले को घरदैलो कार्यक्रम गरेका छन ।
घरदैलो कार्यक्रममा एमालेका तर्फवाट उपमेयर, वडा अध्यक्ष,र सदस्य सहित सयौ नेता कार्यकर्ताहरु सहभागी भएका छन ।
गरुडा नगरमा शुसासन, सम्वृदि, शिक्षा,स्वस्थ्य, ब्यबसायिक तथा आधुनिक कृषि क्षेत्रको बिकास,भौतिक पुर्बाधार बिकासको साथै रोजगारीको अबसर सिर्जना गराउनको निम्ति नेकपा एमालेका मेयर पदमा कन्थमणि जयसवाल लाई जीताउन गरुडाका बुद्घिजिवि, सामाजीक अगुवा, व्यापारी लगाएत किसान, मजदुर लागि परेका छन ।
जयसवालयले गत आम निर्वाचनमा राष्टिूय जनता पार्टी नेपालबाट उम्मेदवार बन्दै ७ हजार ८८१ मत ल्याएर तेस्रो भएका थिए । त्यसैगरी, गत स्थानिय निर्वाचनमा जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाबाट स्वतन्त्र नगर प्रमुख लडेका उनले १ हजार ३५९ मत ल्याएका थिए ।
पछिल्लो समय जयसवाल गरुडा नगरपालिकामा अन्य पार्टीका उम्मेदवार भन्दा भारी रहेको स्थानीयको भनाइ रहेको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको मयरका लागि एमालेबाट उम्मेदवारी दिएका जयसवालले आफुले सहजै जित निकाल्ने बताएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट सुनिल यादब,जसपाबाट अनिल यादब,नेकपा एसबाट बृज कुमार यादब लगायतले गरुडाको नगर प्रमुखमा उमेदवारी दिएका छन ।