चन्द्रनिगाहपुर,१९ बैशाख । नेपाली काग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरका उम्मेदवार संजय काफ्ले ले नगर विकासको खाका आफुसंग रहेको बताएकाछन् । उनले नगरका बिभिन्न स्थानमा भएको घरदैलो कार्यक्रममा मत माग्दै आफुले जितेमा स्वछ र हराबरा चन्द्रपुरको नारा सकार पर्ने बताएकाछन् । उनले आफुले पाँच बर्ष वडा अध्यक्ष भएर काम गरेको अनुभवका आधारमा पनि नगरको बिकास कसरी गर्नुपर्छ भन्ने कुराको खाका आफुसंग भएको बताएकाछन् । काफ्लेले आफु युवा भएका कारण मेयरमा चुनाव जितेमा युवाका अधिकांस माग पुरा गर्न अग्रसर हुने जिकरि गरेका छन् । उनले चन्द्रपुर नगरको समुन्नत विकासका लागि नगरबासीले नेपाली काँग्रेसलाई मतदान गर्ने बताएकाछन् । उनले तराई एक्सप्रेससंग कुरा गर्दै आफ्नो पक्षमा चन्द्रपुरमा जनलहर बढ्दै गएको दबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here