चन्द्रपुर,१९ बैशाख ÷ नेपाली कांग्रेसको चन्द्रपुर नगरपालिका वाड नं. १० का वाड अध्यक्ष उमेदवार जयराम चौधरीले आफु प्रति जनताको बिश्वास झन बढेको बताएका छन । २०७४ सालको निर्वाचनमा पनि सोही वाडको वाड अध्यक्षमा निर्वार्चित चौधरीले पहिलो कार्यकालमा जनताको मनछुने काम गरेको कारणले गर्दा पनि मतदाताहरुको आफु प्रति बिश्वास बढेको उनले बताएका हुन ।
पहिलो कार्यकालमा जनताको अहित हुने कुनै पनि किसिमको काम नगरेकै कारण यस पटक पनि नेपाली कांग्रेस पार्टीले चन्द्रपुर नगरपालिकाको वाड नं. १० को वाड अध्यक्ष उमेदवारमा पठाएको उनले जानकारी दिए । यदी जनताको अहित हुने कुनै काम गरेको भए पार्टीले पनि सोही अनुसारको मुल्याङकन गर्ने थियो होला उनको भनाइ थियो ।
आफु वाड अध्यक्षमा निर्वार्चित भइसकेपछि आफनो वाडलाइ हिलोमुक्त बनाएको समेत वाड अध्यक्षका उमेदवार चौधरीले दाबी गरे । अघिल्लो कार्यकालमा निर्वार्चित हुनु भन्दा पहिले हरेक बाटाहरु हिलाम्मे थिए तर अहिले यो वाड हिलोमुक्त बनेको उनको तर्क छ । धरै सडकहरु पिच भएका छन भने धेरै ठाउहरुमा नाला,सडक ढलान,कुलो मर्मत,नया सडक निमार्णका कामहरु भएको समेत उनले बताए । पशु तथा कृषि कार्यालयको भवन निमार्ण,वाड कार्यालयको ब्यबस्थापन,आय आर्जनका कार्यक्रम ल्याएर स्वरोजगार मुलक कार्यक्रम संचालन गरेको चौधरीले बताएका छन ।
बिद्यालय भवनका पुर्वाधारका बिकाशहरु,सामुदायिक भवन निमार्ण,कृषि सडकको निमार्ण तथा बिभिन्न भौतिक पुर्वाधारका बिकाशरुको कामले केही सम्पन्नता र केही निमार्णधिन अबस्थाम रहेको समेत उनले बताएका छन ।
अझ यस वाडमा धेरै कामहरु बाकी रहेको छ ति अधुरा कामहरु पुरा गर्नको लागी एकपटक फेरी जनताले आफैलाइ नै साथ दिने चौधरीले विश्वास गरे । जसरी यस अघि निर्वाचित गराउन साथ दिनुभयो त्यसरी नै यस पटकको निर्वाचनमा पनि जिताउन साथ दिनुहुने आफुलाइ विश्वास रहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here