चन्द्रपुर,२० बैशाख ÷ नेपाली कांग्रेस चन्द्रपुर नगरपालिकाका वाड नं. ६ का वाड अध्यक्ष उमेदवार नेत्र कुश्वारले जनताको आधारभुत आवश्यकतामा कुनै कमि हुन नदिनेगरी काम गर्ने बताएका छन । जनताको गास,बास र कपास आधारभुत आवश्यकतामा कुनै कमि हुन नदिने मुख्य लक्ष्य भन्दै कुश्वार यतीबेला घर दैलो अभियानमा जुटेका छन्।स्थानीय तहको निर्वाचन नजिकिए संगै चन्द्रपुर नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा चर्चित युवा नेता नेत्र कुश्वारले उम्मेदवारी दिएका छन् । कुश्वारले स्थानीय चुनावमा आफुले जिते चन्द्रपुरको अभिन्न अंग रहेको वडा नंबर ६ लाई समृद्ध र विकशित बनाउन पहल गर्ने बताएका छन् । वडा नं ६ स्थित रहेको हाट बजारलाई नमुना बजारको रुपमा स्थापित गर्दै व्यवस्थित मार्टको रूपमा रूपान्तरण गर्ने लक्ष्य आफ्नो रहेको बताउदै वडा भरीको समग्र विकाशमा आफ्नो जोड हुने उनले बताएका छन् । अस्तव्यस्त बनेको चन्द्रपुरलाई व्यवस्थित पनि कार्यपालिकामा आफ्नो विशेष भूमिका हुने उनले बताएका छन् । आफुले चुनाव जिते चन्द्रपुर वडानं ६ को समग्र विकासले गतीलिने भएका कारण आफ्नो पक्षमा मतदान गर्नका लागि सम्पूर्ण वाडावासीहरुलाई आग्रह गरेका छन् । सो वाडमा नेकपा एमालेको तर्फबाट जितेन्द्र रौनियार,नेकपा माओबादीबाट सहदेब केसी लगायतले उमेदवारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here