चन्द्रपुर,२१ बैशाख ।
स्थानीय तहको चुनाव नजिकिए संगै चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले नगरप्रमुख को उमेदवारको रूपमा चन्द्रपुर नगरमा एमालेका नगर अध्यक्ष शिब आचार्यलाई उठाएको छ। मजासिला, बौद्धिक र क्षमतावान् नेता आचार्य निष्ठावान राजनीतिज्ञमा गनिन्छन । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि कार्यकर्ता माझ लोकप्रिय छन ।
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भई १६ वर्षकै उमेरमा राजनीति शुरु गरेका उनि २०४८ सालमा अनेरास्ववियु काभ्रेको जिल्ला कमिटि सदस्य भएका थिए । एमाले चन्द्रपुर नगर अध्यक्ष आचार्य २०५४ सालमा काभ्रेबाट रौतहट आई युवा संघमा आवद्घ रहे । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा शुभारम्भ गरेका उनले २०५४ मा पार्टी सदस्यता प्राप्त गरेपछि वडा कमिटी सचिव, गाँउ कमिटि सचिव हुदै क्षेत्रिय कमिटिको सचिबको जिम्मेवारी पुरा गरिसकेका छन ।
नेकपा एमालेको पूणर्कालिन कार्यकर्ताको रुपमा निरन्तर सक्रिय आचार्य २०६२÷०६३ को आन्दोलनमा प्रहरी हिरासतमा पनि परेका थिए । २०७१ सालमा पार्टीको चन्द्रपुर नगर अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका आचार्यले नगर अध्यक्ष रहदा संगठन बलियो बनाएको र अन्तरघात नभएको भए एमालेले चन्द्रपुरमा नगरमा सहजै जित्ने वातावरण रहेको उनका सर्मथक कार्यकर्ताको भनाई रहेको छ । पार्टी प्रतिको लगातार लगनशिलताका कारण २०७८ कार्तिकमा भएको नगर अधिवेशनबाट पुन आचार्य नगरअध्यक्षमा निर्वाचित भएका हुन् । कर्ममा विश्वास गर्ने शालीन र सादगी नेता आचार्य आफुले पाएको जिम्मेवारीलाई इमानदारी पूर्वक पूरा गरेर नतिजा निकाल्न रुचाउंछन । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा नेकपा एमालेलाई जिताउन महत्वपूणर् भुमिका खेलेका उनि राजनितिमा दुख गरेका तर अवसर नपाएका नेताका रुपमा चिनिन्छन । स्वाभिमानी र इमान्दार नेता आचार्यले आउँदो स्थानिय चुनावमा मेयर निर्वाचित भएमा चन्द्रपुर नगरपालिकाको भबिष्य उज्वल हुने आशामा आम एमाले कार्यकर्ता रहेका छन ।
विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । पछिल्ला दिनहरुमा पार्टीमा प्रर्याप्त विचलन, आफन्तवाद र नातावाद हावि भएकाले पुराना, इमान्दार नेता कार्यकर्ता पाखा लागिरहेको अध्यक्ष आचार्यको बुझाई रहेको छ । एमाले भित्रका एक कुशल संगठक आचार्य यसपालि मेयरको उमेद्वारहरु मध्य एक सक्षम ,इमानदार,जनप्रेमी बलिया उमेद्वार हुन । न राजनीतिमा सक्रिय आचार्य सामाजिक सेवापनि उत्तिकै सक्रिय छन ।२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आआफ्ना तर्क रहेका छन । गठबन्धन वा एक्ला एक्लै चुनाव हुँदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चलिरहेको पाईन्छ । अघिल्लो स्थानिय चुनाव जितेर नगर प्रमुख बनिसकेकाहरु आफ्नो निरन्तरताका लागि कार्यकालमा गरेको कामको प्रचार र कोभिडका कारण अनि बिपक्षि दलका प्रतिनिधिका कारण पूणर् सफल हुन नसकेको बताइरहेका छन । बौद्धिक वर्गहरु भने बौद्धिक र निष्ठावान नगरप्रमुख भए राम्रो काम गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ । चन्द्रपुर नगरपालिकामा यसअघिको चुनावमा नेकपा एमालेलाई करिब ९ सय ५० सय मतले पछि पार्दै नेपाली कांग्रेस बिजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here