बिजयपुर,२१ बैशाख ।
रौतहटको फतुवा बिजयपुरमा एमालेका मेयरका उमेदवार बिजय यादवले सबन नेतृत्वको अभावमा रोकिएको विकास
र समृद्धिको योजना अघि बढाउन मैदानमा उत्रिएको बताएका छन ।
पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिवको रूपमा कामगरेर बटुलेको अनुभवको आधारमा जनताको सेवा गर्न भिजन र प्लानका साथ मेयरपदको निर्वाचनमा लागेको यादवले बताएका छन । मेयर उमेदवार बिजय यादवले पत्रकार संजय मिश्रा संग कुरोगर्दै फतुवा बिजयपुर नगरपालिकाको ११ वटै वडामा माध्यमिक बिधालयको स्थापना र एउटा नगर स्तरको प्राबिधिक शिक्षालय संचालन गर्ने र शिक्षामा स्तरियता ल्याउने योजना रहेको बताएका छन् । प्रत्येक वडामा १५ सैयांको अस्पताल निर्माण,जेष्ठ नागरिक लाई घरमै उपचारसेवा र प्रत्येक वडामा युवाहरूको लागि खेलकुदको ब्यवस्थापन, र आधुनिक ब्यायामशाला निर्माण गर्ने बताए ।
मेयरको रूपमा सेवागर्ने अवसर पाएमा एकबर्ष भित्र नगरपालिकाको आफ्नै भवन निर्माण,गर्ने र नगरपालिका बाट ट्याक्टर खरिद गरि सबै किसानको सहुलियत दरमा खेत जोताई गराउने,५० प्रतिशत अनुदानमा किसानलाई मलखाद र बिउबिजन उपलब्ध गराउने योजना रहेको एमालेका उमेदवार बिजय यादवले सार्वजनिक गरेका छन्।
फतुवा बिजयपुरको उतरिभेगमा पिकनिक पार्क निर्माण ,
मुस्लिम समुदायको लागि एउटा ब्यवस्थित मदर्सा,थारुहरुको लागि सांस्कृतिक संरक्षणको ठोस योजना ल्याउने बताए ।
प्रत्येक बिधालयमा माबी स्तरका बालिकालाई निशुल्क साईकल,उच्च शिक्षा अध्य्यन गर्ने बालिकालाई निशुल्क ल्यापटप र दलित बस्तीमा एकीकृत बस्ती निर्माणको योजना ल्याउने फतुवा बिजयपुरमा एमाले मेयर उमेदवार यादवले उद्घोष गरेका छन । त्यसैगरी महिलालाई रोजगारीको लागि शिपमुलक तालिमको ब्यवस्था,सरकारी स्वामित्वको जग्गामा सामुहिक खेतिको माध्यमले बेरोजगारी हटाउने योजना उनले सार्वजनिक गरेका छन ।
नगरक्षेत्रमा देखिएको विकासको बेथिति हटाएर भौतिक पुर्वाधार निर्माण लगायत विकासको माध्यमले फतुवा बिजयपुरलाई समृद्ध नगरपालिका बनाउने बिजय यादवले बताए ।मेयर गोपाल यादवको पालामा लालबकैया नदिमा भएको अबैध दोहन नियन्त्रण गरेर ब्यवस्थितरुपले ठेक्का लगाएर आम्दानीको स्रोत बनाउनेतर्फ उनले बताए । भारतको लोकप्रिय नेता जयललिता,मनोज तिवारी,युक्रेनका राष्ट्रपति भलादमोर जेलेन्सकिको उदाहरण दिंदै संसारमा थुप्रै नेता पहिले कलाकारनै थिए । कलाकार जहिले पनि हृदय देखि संबन्ध बनाउने र भावनात्मक हुने भएकाले जहिले र जुन अवस्थामा पनि जनताको लागि राम्रै कागर्ने बिजय यादवले स्पष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here