गौर,२२ बैशाख÷रौतहटको गौर नगरपालिकाको नगर प्रमुखको लागी नेपाली कांग्रेसबाट उमेदवारी दिएका मोहन यादबले आफु नगर प्रमुखमा निर्वाचित भएपछि गौर नगरपालिकाबासीहरुलाइ निशुल्क शुद्ध खानेपानीको ब्यबस्था गर्ने उदघोष गर्नुभएको छ । रौहटको गौरमा बुधबार संचारकर्मीहरु संग कुरा गदै नगर प्रमुखका उमेदवार यादबले यस्तो बताउनु भएको हो । गौर नगरपालिकाका पुर्व नगर प्रमुख गौरी शंकर यादबका छोरा समेत रहनुभएका यादबले शुद्ध खानेपानीको अभाबमा अनेक किसिमका रोगहरु झेल्नु परेको कारण पनि आफनो प्रतिबद्धता पत्रमा शुद्ध खानेपानीलाइ महत्वका साथ राखेको बताउनु भयो । आम गौर नगरबासीको समस्याको रुपमा रहेको खानेपानीलाइ ब्यबस्था गर्न ९ वटै वाडमा योजनाबद्ध रुपमा काम गर्ने समेत उहाले जानकारी दिनुभएको छ ।गौर नगर क्षेत्रको शिक्षा क्षेत्र झनै अस्तब्यस्त भएको कारण त्यसलाइ ब्यबस्थीत गर्ने समेत नगर प्रमुखका उमेदवार यादबले बताउनु भएको छ । गौरीशंकर बहुमुखु क्यामपसका संचालक समेत रहुनु भएका यादबले गौर नगर क्षेत्र भित्रका बिद्यार्थीहरुले माध्यमिक तह सम्म कुनै शुल्क तिर्नु नपर्ने समेत बताउनुभएको छ ।दलित तथा जेहन्दार बिद्यार्थीहरुलाइ उचित पुरस्कारको ब्यबस्था गरी बिद्यालय बाहिर रहेको बालकालिकाहरुलाइ बिद्यालयमा ल्याएर पढने बाताबरण मिलाउने समेत उहाले बताउनुभएको छ । गौर नगरपालिकामा मौलाएको ब्याप्त भ्रष्ट्रचारलाइ नियन्त्रण गर्न पनि आफुले गौर नगरपालिकाको नगर प्रमुखको रुपमा उमेदवारी दिएको यादबले बताउनु भयो । गौर नगर क्षेत्रको बिकाशका कामहरु अस्तब्यस्त रहेको अबस्थामा आफुलाइ मतदान गरी गौर नगरलाइ हेर्न लायक नगर बनाउने समेत उहाले प्रतिबद्धता गर्नुभएको छ ।यसैगरी सोही नगरपालिकाको लागी नेपाली कांग्रेसका तर्फबाट नगर उप प्रमुखमा उमेदवारी दिएकी डा. साहजान खातुनले न्याय सम्पादनलाइ चुस्त दुरुस्त बनाउने बताउनुभएको छ । न्याय क्षेत्रमा आफुले तराजु बनेर काम गर्ने उहाले प्रतिबद्धता जनाउनुभएको छ ।उहाले आफनो उमेदवारी सुशासन कायम र भ्रष्ट्रचार नियन्त्रणको लागी पनि भएको बताउनु भएको छ ।
गौर नगरपालिकाको नगर प्रमुखको रुपमा नेपका एमालेको तर्फबाट अनिल मिश्र,नेकपा एसको तर्फबाट शम्भु साह,लोसपाबाट निर्बतमान मेयर अजय गुप्ता,जसपाबाट किरण ठाकुर लगायतले पनि उमेदवारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here