चन्द्रपुर,२३ बैशाख । नेपाली का“ग्रेसबाट टिकट नपाएपछि एकाएक स्वतन्त्र उम्मेदवार बनेका चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचन्द्र चौधरी यतीबेला घर दैलोमा व्यस्त रहेका छन् । चन्द्रपुर नगरपालिकाको मेयरका लागि दोस्रो कार्यकालका लागि टिकट नपाएपछि उनी चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनी यतीबेला नेपाली कांग्रेसको भोट काट्ने र आदीवासी जनतातीको भोट ल्याएर चुनाव आफ्नो पक्षमा पर्ने अभियानमा जुटेका छन् । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएर आ“प छाप चुनाव चिन्ह् पाएपछि उनी आंप छापको प्रचार प्रसारमा लागेका छन् । उनले आंप छाप लिएपछि चन्द्रपुर नगरपालिकाका बिभिन्न पांच वडामा वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका पांचजनाले पनि आंप छापनै रोजेपछि बजारमा बिभिन्न प्रकारको आंकलन सुरु भएको छ । दोस्रो कार्यकालका लागि आकांक्षी रहेकै बेला चौधरीले आफुले पहिलो कार्यकालमा गर्न नसकेका अधुरा काम पुरा गर्नका लागि पार्टीले आफुलाई टिकट दिनुपर्ने बताउदै आएका थिए । चौधरीले चन्द्रपुर नगरपालिकाको विकासका लागि आफुले देखेका अधुरा सपना पुरा गर्नका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेको बताएका छन् । चौधरीले आफुलाई चन्द्रपुर नगरपालिकामा रहेका थारु मतदाता ,आदीवासी जनजाती ,नेपाली काग्रेसका भोटर र आफ्ना अन्य दलका शुभेच्छुकले मतदान गर्नेमा विस्वस्त रहेको बताएका छन् । चन्द्रपुर नगरपालिकामा करिव ८ हजारको हाराहारीमा थारु मतदाता रहेका छन् । त्यसकै अनुपातमा आदीवासी जनजाती मतदाता रहेका छन् । उनीहरुकै मत आफ्नो पक्षमा पर्नका लागि चौधरी यतीबेला घरदैलोमा व्यस्त रहेका छन् । दलबल संगै मतदाताको घर दैलोमा पुग्दा आफुले चुनाव जित्ने निश्चित जस्तै रहेको मेयरका उम्मेदवार चौधरीले निर्धक्क बताउने गरेका छन् । चौधरीको स्वतन्त्र उम्मेदवारीले आफ्नो पार्टीलाई कुनै असर नगर्ने नेपाली का“ग्रेस चन्द्रपुरका सभापति मुकेश गिरीको भनाइ रहेको छ । चौधरीले भने आफ्नो चुनाव चिन्ह्को व्यापक प्रचार प्रसार गर्दै आएका छन् । उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेपछि अहिले आफुले जित्नै पर्ने अवस्थामा रहेको बताउदछन् । नेपाली कांग्रेसको टिकटबाट गएको स्थानीय तहको निर्वाचनमा चुनाव लडेका चौधरीले नेकपा एमालेका उद्धव रेग्मी भन्दा करिव ९ सय भोटको अन्तरले चुनाव जितेका थिए । तराई एक्सप्रेससंग कुरा गर्दै चौधरीले भने यो चुनाव पनि जित्ने म नै हो ,त्यसमा कुनै शंका छैन । स्वतन्त्र चुनावी मैदानमा उत्रेका नेपाली का“ग्रेस रौतहटका पुर्व सचिव समेत रहेका चौधरीले चन्द्रपुरमा रोड सो गरेर आफ्नो शक्ति प्रर्दशनको तयारीमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here