चन्द्रपुर,२३ बैशाख ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालको बिषयमा चुनावी मैदानमा रहेका मेयरका उम्मेदवारहरुले चासो लिन थालेका छन् । केही उम्मेदवारको घोषणा पत्रमा सरकारी अस्पतालको अवस्था सुधारका कुरा समेत उल्लेख रहेकाछन् । स्वतन्त्र उम्मेदवार रामचन्द्र चौधरी बाहेकका चन्द्रपुर नगरपालिकामा मेयरमा उठेका सबै जसो उम्मेदवारले आफुले चुनाव जितेमा अस्पतालको अवस्थामा सुधार आउने बताएकाछन् । चन्द्रनिगाहपुरमा रहेको १५ शैयाको सरकारी अस्पतालको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको समाचार संचारमाध्यममा आंउन थालेपछि मेयरका उम्मेदवारले आफ्नो पहिलो प्राथमिकतामा सरकारी अस्पतालाइ राखेका छन् ।
नेपाली काग्रेसका मेयरका उम्मेदवार संजय काफ्लेले आफुले चुनाव जितेमा आफ्नो पहिलो प्राथमिकता सरकारी अस्पातलको अवस्था सुधार्नु रहेको बताएकाछन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका मेयरका उम्मेदवार बाबुराम दाहालले आफुले चुनाव जितेमा यहांका आम नागकिरले स्वास्थ्य सेवा लिनका लागि महंगा निजी अस्पताल र नगर बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता हटेर जाने बताएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार शिव आचार्यले आफ्नो घोषणापत्रमै सरकारी अस्पतालमा बिज्ञ सहितका चिकित्सक ल्याएर चन्द्रनिगाहपुरमै सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताएकाछन् । उनको घोषणापत्रमा आफुले चुनाव जितेमा चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्थामा व्यापक सुधार ल्याउने कुरा उल्लेख रहेको छ । नेकपा माओवादीका मेयरका उम्मेदवार हरी पौडेल पनि सरकारी अस्पतालबाट आम नागकिरले सेवा नपाएको अवस्थामा आफुले चुनाव जिते सरकारी अस्पतालको अवस्थामा आकाश जमिनको फरक आउने बताए । उनले भने पहिलेका जनप्रतिनिधिले अस्पतालको अवस्था सुधार्नुको साटो बिगारे हामीले चुनाव जितेपछि अस्पातलको अवस्थामा सुधार आउने र आम नागकिरले निशुल्क स्वास्थ्य सेवा सरकारी अस्पतालबाट पाउने दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here