चन्द्रनिगाहपुर,२३ बैशाख ।
माओवादी जनयुद्ध काल देखीनै राजनितिमा सक्रिय रहेका हरी पौडेल यतीबेला चन्द्रपुर नगरपालिकाको मेयरका उम्मेदवार बनेकाछन् । नेकपा माओवादी पार्टीले उनलाईm पार्टीमा गरेको कामको मेहनतको कदर गर्दै मेयरको उम्मेदवार बनाएको हो । सशस्त्र माओवादी जनयुद्धकालमा रौतहटको एक प्रहरी चौकी ध्वस्त बनाउने क्रममा बम लागेर हात खुट्टामा गम्भिर चोट लागेका पौडेल यतीबेला चन्द्रपुरमा घरदैलो गर्नमा व्यस्त रहेकाछन् । नेकपा माओवादीले उप मेयरमा चर्चित महिला अधिकारकर्मी देवकी नेपाललाई मैदानमा उतारेको छ ।
पौडेल र नेपाल यतीबेला स्वच्छ चन्द्रपुर,भ्रष्टाचार मुक्त चन्द्रपुर बनाउने अभियानका साथ जनताको घरदैलोमा पुगिरहेका छन् । चन्द्रपुरको मुख्य चोकको फाहोर गएको पांच बर्षमा जनप्रतिनिधिले सफा गर्न सकेनन् हामी त्यही फोहोर सफा गर्नका लागि चुनावी मैदानमा छौ,पौडेलले भने । चन्द्रपुरको मुख्य चोकको फोहोर सफा हुन नसके जस्तै नगरमा व्याप्त रहेको अनियमिता र भ्रष्टाचारलाई आफुहरुले चुनाव जितेमा निर्मुल पार्ने मेयरका उम्मेदवार पौडेलको भनाइ रहेको छ । नेकपा माओवादीको प्रदेश कमिटि सदस्य समेत रहेका पौडेल पार्टी भित्र ईमान्दार नेताका रुपमा परिचित रहेका छन् । जिल्ला खेलकुद विकास समिति रौतहटको दुई कार्यकाल अध्यक्ष समेत भएका पौडेलले आफुले जिते चन्द्रपुरको खेलकुदको विकासले गतीलिने समेत बताएका छन् ।
आफुघर दैलोमा जांदा यहांका जनताले गरेका गुनासालाई आफुले टिपेर राखेको र चुनाव जितेपछि त्यसलाई कार्यान्वयन गर्ने बताएका छन् । दलित तथा जेहन्दार विद्यार्थीहरुलाइ उचित पुरस्कारको ब्यबस्था गरी विद्यालय बाहिर रहेको बालकालिकाहरुलाइ बिद्यालयमा ल्याएर पढने बाताबरण मिलाउने समेत उहाले बताए ।
चन्द्रपुर नगर क्षेत्रको विकाशका कामहरु अस्तब्यस्त रहेको अबस्थामा आफुलाइ मतदान गरी चन्द्रपुर नगरलाइ हेर्न लायक नगर बनाउने समेत उनले प्रतिबद्धता गरेकाछन ।
चन्द्रपुर सरकारी अस्पताललाई व्यवस्थित गर्ने ,नागरिकलाई नेपाल सरकारले घोषणा गरे बमोजिमको औषधी निशुल्क उपलब्ध गराउने,चन्द्रपुर सरकारी अस्पतालमा एक्सरे, प्याथोलोजी ल्याव, भिडियो एक्सरे, अप्रेसन थिएटर , दक्ष चिकित्सकको प्रबन्ध गर्ने, स्वास्थ्य विमालाई प्रभावकारी बनाउने, प्रत्येक वार्डमा वर्थिङ्ग सेन्टर स्थापना गरि शून्य घर सुत्केरी अभियान चलाउने, प्रत्येक वार्डमा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने र भएकालाई व्यवस्थित गर्ने, चन्द्रपुर सरकारी अस्पतालमा पोष्टमार्टम भवन निर्माण गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here