चन्द्रपुर,२५ बैशाख । निर्वाचन आचार संहिता विपरित उम्मेदवारले चन्द्रपुरको पौराईमा चामल वितरण थालेको स्थानीयले बताएकाछन् । नेपाली काग्रेसका उम्मेदवारले हिजो राती चामल बांडन थालेपछि स्थानीयले अवरोध गरेका थिए । समाचारस्रोतका अनुसार रातीको समयमा चामल बांडन थालेको खवर आएपछि अरु दलका कार्यकर्ताले चामल बितरणमा अवरोध पु¥याएका थिए । चन्द्रपुर नगरपालिका वडानं १ का कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बलराम राउतले चमाल लगाएतमा सामाग्री वितरण गर्न थालेपछि स्थानीयले प्रहरी प्रशासनलाई खवर गर्दा समेत कुनै वास्ता नगरेको एकजना माओवादी कार्यकर्ताले जानकारी दिएका छन् । पछिल्लो समय मतदाता प्रभावित पार्नका लागि सो वडामा बिभिन्न दलले बिभिन्न काम गर्न थालेको स्थानीयको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here