चन्द्रपुर,२५ बैशाख । रौतहट जिल्लाको चन्दपुरमा कलम छापका मेयर पदका उम्मेदवार बाबुराम दाहालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । फुटवल करँते, कुस्ती ,क्रिकेट ,भलिभवल जस्ता खेलमा चन्द्रपुर र रौतहट जिल्ला देशभरमै परिचित रहेको प्रशंग उल्लेख गर्दै आफू मेयर पदमा निर्वाचित भएपछि मिनि रंगशाला निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । विशेष गरी महिला फुटबलको क्षेत्रमा चन्द्रपुर खेलाडी उत्पादन हुने उर्बर भूमि रहेको प्रशंग उल्लेख गर्दै चन्द्रपुरलाई मधेस प्रदेशकै खेलकुद हबका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । खेलाडीहरुलाई खेल क्षेत्रमा आकर्षित गराउने रोजगारीको व्यवस्था गर्ने समेत आफ्नो कार्ययोजना रहेको बताए ।बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको अमूल्य मत माग्दै घरदैलोमा जुटिरहेका मेयर पदका उम्मेदवार दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।घरदैलोका क्रममा आज शनिबार वडा नम्बर १ र वडा नम्बर १० मा मेयर दाहाल, उपमेयर रामरती चौधरीसहितको घरदैलो सञ्चालन गरिएको नेकपा एकीकृत समाजवादी चन्द्रपुरले जनाएको छ ।बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।