चन्द्रपुर,२५ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको लागी नेकपा एमालेबाट नगर प्रमुख उमेदवार शिब प्रसाद आचार्यले आफुले नगर प्रमुखमा निर्वाचित भएपछि नगरपालिकाको सरकारी गाडी प्रयोग नगर्ने बताएका छन ।शुक्रबार चन्द्रनिगाहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै नगर प्रमुखका उमेदवार आचार्यले यस्तो बताएका हुन ।
आफु शासक नभएर जनताको सेवक भएर काम गर्ने आचार्यको भनाइ छ । नगरको सम्बृद्ध बिकाशको लागी नेकपा एमालेको जित आवश्यक भएको हुदा एकपटक नेकपा एमालेलाइ आफनो अमुल्य मत दिन नगर प्रमुख उमेदवार आचार्यले आग्रह गरेका छन । शिक्षा,खेलकुद,स्वास्थ्य तथा भौतिक पुर्वाधारको योजनाबद्ध बिकाश गर्ने योजना नेकपा एमाले संग मात्रै भएको कारण पनि एमाललाइ जिताउनु पर्ने उनले बताए ।
उक्त आमसभामा नेकपा एमालेका अध्यक्ष केपी ओली,केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज रघुबिर महासेठ,केन्द्रिय सदस्य उद्धब रेग्मी लगायतले सम्बोधन गरेका थिए । यसैबिच नगर प्रमुखका उमेदवार आचार्यले आफनो प्रतिबद्धता पत्रमा महिलाहरुलाई शिपमूलक तालिम दिर्दै आत्मनिर्भर बनाउने,हिसां पिडित महिलाहरुको लागि सेफ हाउस स्थापना गर्ने,कुनैपनि किसिमको महिला तथा बाल हिंसा विरुद्ध शुन्य सहनशिलता निति अपनाउने,बालबालिकालाई पोषणको व्यस्था गर्ने जनाएका छन । उनले प्रत्येक महिना वृद्धवृद्धाहरुलाई घरमै गएर स्वास्थ्य जाँचको व्यवस्था गर्न घरभेट कार्यक्रम सुरु गर्ने,सामाजिक सुरक्षा भक्ता सरल र सुलभ तरिकाले उपलब्ध गराउन सहजीकरण गर्ने,वृद्धको अनुभव, युवाको जोश कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको बताए । जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने,नगरबाट निमार्ण गरिने सबै संरचनाहरु महिला मैत्री, बालमैत्री, फरक क्षमतामैत्री हुनेछ,तेस्रो लिङ्गीहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने र फरक क्षमता भएका व्यक्तिहरुको लागि रोजगारीमा विशेष प्राथमिकता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेको आचार्यले जानकारी दिए ।