गौर,२६ बैशाख । वैशाख ३० गते अति आवश्यक बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावका दिन एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, अस्पताल सेवा तथा विद्युत सेवा बाहेक कुनै किसिमको सवारीसाधनको प्रयोग गर्नेका लागि वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले पास वितरण गर्ने सम्बन्धमा आज सूचना जारी गरेको छ ।
रौतहटको गौर नगरपालिका, राजदेवी, ईशनाथ, राजपुर, परोहा , बौधीमाई, मौलापुर, देवाही गोनाही, कटहरीया, गरुडा, माधवनारायण, यमुनामाई, दुर्गाभगवती गाउँपालिकामा सवारीसाधनको पासको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्न जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, चन्द्रपुर, वृन्दावन, गुजरा, गढीमाई र फतुवा विजयपुर नगरपालिकामा पासको लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्न सूचना मार्फत जनाइएको छ ।
सुरक्षा निकाय, संञ्चार माध्यम र पर्यवेक्षकहरुलाई जिल्ला प्रशासन कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट पास कार्ड वितरण गरिने छ ।