चन्द्रपुर,२७ बैशाख ।
आज रातीबाट मौन समय सूर हुदै छ । चन्द्रपुर नगरपालिकामा कुन पार्टीको उम्मेदवारले बाजी मार्ने हो त्यो चासोको बिषय बनेको छ । ठुला दलले युवालाई उम्मेदवार बनाएको अवस्था रहेको छ । अहिले चन्द्रपुरमा ५ जना मेयरका उम्मेदवार चर्चामा रहेका छन् । नेपाली काग्रेसका संजय काफ्ले ,नेकपा एमालेका शिव आचार्य ,नेकपा माओवादीका हरी पौडेल ,नेकपा एकिकृत समाजवादीका बाबुराम दाहाल र स्वतन्त्र उम्मेदवार रामचन्द्र चौधरी बिचनै कडा प्रतिष्पर्धा हुने आंकलन गरीको छ ।
पांचै जना मेयरका उम्मेदवारले आफुले जित निकाल्ने दावी गरेकाछन् । स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका चन्द्रपुरका पुर्व मेयर रामचन्द्र चौधरीले आफुले आदीवासी जनजाती र खास गरेर थारु समुदायको भोटका आधारमा आफुले जित निकाल्ने दावी गर्दै आएकाछन् । नेपाली कांग्रेसका संजय काफ्लेले आफुलाई जित निकाल्नका लागि नेपाली कांग्रेसकै मत काफी रहेको बताउदै आएका छन् । उनले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताउदै आएका छन् ।
नेकपा एमालेका उम्मेदवार शिव आचार्यले आफ्नो पार्टीको संगठननै आफ्नो जितको आधार भएको बताउदै आएका छन् ।
उनले नेकपा एमालेको संगठन चन्द्रपुरमा मजबुत रहेका कारण आफ्नो जितका लागि सहज हुने आचार्यको भनाइ रहेको छ । नेकपा माओवादीको चन्द्रपुरका मेयरका उम्मेदवार हरी पौडेलले आफुलाई गरिव ,दलित तथा माओवादी प्रति आस्था राख्नेको भटनै जितको आधार भएको दबी गरेका छन् । माओवादी जनयुद्ध कालदेखीनै सोही पार्टीमा सक्रिय रहेका पौडेलले आफ्नो जितका लागि यतीबेला चुनावी मैदानमा रहेका रहेकाछन् । नेकपा एकिकृत समाजवादीका मेयरका उम्मेदवार बाबुराम दाहाले आफुलाई चन्द्रपुर बसीको साथ र सहयोगनै जितको आधार रहेको बताउदै आएका छन् । युवा पुस्ताले रुचाएका उम्मेदवारका रुपमा रहेका दाहाललाई नगरका अधिकांस युवाको मत आउनेमा उनी विस्वस्त रहेकाछन् ।
उम्मेदवारहरुले आफुले चिनाव जित्ने आधार बताइ रहंदा मतदाता भने अधिल्लो चुनावको तुलनामा नखुलेको अवस्था रहेको छ । यसका आधारमा पनि यो निर्वाचनमा चन्द्रपुरको मेयर को बन्ला भन्ने सहजै आंकलन गरीहाल्ने अवस्था नरहेको संचारकर्मी शिवपुरीको भनाइ रहेको छ । मुख्य त चन्द्रपुर नगरपालिकामा कांग्रेस ,एमाले ,माओवादी र समाजवादीका उम्मेदवार बिचनै प्रतिष्पर्धा हुने पुरीको आंकलन रहेको छ ।
रौतहट जिल्लकै सबैभन्दा ठुलो चन्द्रपुर नगरपालिकाका बासिन्दाले कस्लाई मेयर बनाउने हुन भन्ने थाहा पाउनका लागि अझै केही समय कुर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here