रुपेन्द्र पटेल
बागमती,२७ बैशाख । चन्द्रपुर नगर पालिका वडानं १ का वडा अध्यक्षका उम्मेदवार बिरु रखालले आफुले चुनाव जित्ने दाबी गरेकाछन् ।
नेकपा एकिकृत समाजवादीको तर्फबाट चन्द्रपुर १ को वडा अध्यक्षका उम्मेदवार रखालले आफुले अघिल्लो कार्यकालमा गरेका कामको मुल्याङकन गरेर आम मतदाताले आफुलाई मतदान गर्ने बताए ।
यस भन्दा पहिला नेकपा एमालेबाट वडा अध्यक्ष बनेका रखाल यस पटक पार्टी बिभाजन पछि नेकपा एकिकृत समाजवादीका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । चन्द्रपुर १ का सबै मतदाताकोमा आफु पुगेको र मतदाताले आफुलाई जिताउने रखालको भनाइ रहेको छ । अधिकांस मतदाताले आफ्नो अघिल्लो कार्यकालको काममा प्रसंसा गरेको बताउदै आफु वडा अध्यक्षमा पुन निर्वाचित हुनेमा आशावादी रहेकाछन् ।
सो वडामा नेपाली कांग्रेसबाट बलराम राउत र नेकपा माओवादी केन्द्रबाट उनकै भाई गणेश राउत मैदानमा रहेकाछन् । दाजुभाईको भिडण्तको फाईदा रखाललाई हुने स्थानीयको भनाइ रहेको छ । स्थानीयका अनुसार उनले यसभन्दा पहिलाको कार्यकालमा जनचाहना अनुसारनै काम गरेका थिए । रखालले आफ्नो जितलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । आज मध्य रातबाट मौन समय सुरु हुनु पहिला नकेपा एकिकृत समाजवादीले चन्द्रपुर १ लगाएत नगरभरीनै शक्ति प्रर्दशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here