चन्द्रपुर,२७ बैशाख ।
रौतहटको चन्द्रपुर नगरपालिकाको लागी नेकपा माओबादी केन्द्रबाट नगर उप प्रमुखको उमेदवार देबकी नेपालले समाजमा सुशासन कायम गर्नको लागी आफुले उमेदवारी दिएको बताउनु भएको छ ।
नेकपा माओबादीको मधेश प्रदेश कमिटिको सदस्य समेत रहनु भएकी नेपाललाइ नेकपा माओबादी केन्द्रले नगर उप प्रमुखका उठाएको छ ।
मानब अधिकारी सम्बन्धी लामो समय देखि सक्रिय उप प्रमुखकी उमेदवार नेपालले आफुले नगर उप प्रमुखमा निवार्चित भएपछि कुशलताका साथ जिम्मेबारीको भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।
बिभिन्न संघ संस्थाको नेतृत्व सम्हाली रहनुभएकी नेपालले यस पटकको निर्वाचनमा मतदाताहरुले आफनो अमुल्य मत दिएर आफुलाइ बिजयी गराउने बिश्वास गर्नुभएको छ । घर दैलो जाने क्रममा आफुले नगरबासीको माया पाएकोले पनि यस निर्वाचनमा आफु बिजयी हुनेमा ढुक्क रहेको उहाले बताउनु भयो ।
उप प्रमुखको दाइत्व ,हक अधिकार आफुले राम्रो संग बुझेकोले गर्दा पनि आम मतदाताहरुले यस पटकको निर्वाचनमा अत्यधिक मतले बिजयी गराउने आफुलाइ बिश्वास रहेको उप प्रमुख उमेदवार नेपालले बताउनु भएको छ ।उप प्रमुख उमेदवार नेपाल रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ ।
नेपालले आफुलाई चन्द्रपुरका मतदाताले मत दिएर जिताउनेमा आफु विस्वस्त रहेको बताउनु भएको छ । उहा“ अहिले मतदाताकोमा आफ्नो टिमका लागि मत माग्नका लागि मतदाताको घरघरमा गईरहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here