रौतहट,२९ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साहले रौतहटको प्रहरी प्रशासन धाधलीमा उत्रिएको आरोप लगाएका छन । रौतहटको ईशनाथ नगरपालिकाका एमाले उम्दवार सन्तोष मेहता लाई सशस्त्र प्रहीका असईले बोलाएर कुटपिट गर्न लगाएको भन्दै सामाजिक संजालमा पुर्व मन्त्री साहले आपत्ति जनाएका हुन । ईशनाथका एमाले उम्मेदवार मेहता कुटाइबाट घाइते भएका छन । मेहताले सरकारमा सहभागी गठबन्धन दलका उम्मेदवार को ईसारामा प्रहरी प्रशासनकै मिलेमतो आफुमाथि हातपात भएको बताएका छन । सो घटनाको पुर्व मन्त्री साहले बिरोध गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here